२६ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको ठूला सभा, सम्मेलन स्थगित गर्न निर्देशन दिएका छन् ।सोमबार एक विज्ञप्ति जारी गर्दै उनले धेरै मानिसहरु सहभागी हुने सभा सम्मेलन स्थगित गर्न निर्देशन दिनुका साथै आन्तरिक बैठक तथा प्रशिक्षण कार्यक्रममा पनि सकेसम्म वैकल्पिक माध्यम अपनाउन आग्रह गरेका छन् ।
‘धेरै व्यक्तिहरुको उपस्थिति हुने सभा तथा सम्मेलनहरु हाललाई स्थगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपराउन समेत निर्देशन गरिन्छ’ उनले भनेका छन् ।अध्यक्ष नेपालले सार्वजनिक स्थलमा अनावश्यक भिडभाड नगर्न र पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा निश्चित नेताहरु मात्र सहभागी गराउन निर्देशन दिएका छन् । देशभर कोरोना भाइरस संक्रमण बढेको भन्दै उनले त्यसप्रति सचेत हुनुपर्ने भन्दै पार्टीका कार्यक्रम गर्दा सचेतता अपनाउन आग्रह गरेका छन् ।
साथै उनले खोप लगाउन छुटेका नागरिकलाई खोप लगाउन सहयोग गर्नसमेत कार्यकर्तालाई निर्देशन दिएका छन् । साथै १८ वर्ष पूरा भएर पनि खोप लगाउन छुटेका नागरिकलाई खोप लगाउन समेत अध्यक्ष नेपालले आग्रह गरेका छन् ।











