बुटवलमा एक दिने नेवाः भोज कार्यक्रम सम्पन्न भएको छ । बुटवल नेवाः समाज बुटवल उपमहानगर वडा १ र २को आयोजनामा नेवाः भोज कार्यक्रम सम्पन्न भएको हो । स्थानीय कला संस्कृतिको जगेर्ना गर्न र नेवारी खानाको प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताउनु भयो ।सोमावार बुटवल १को महाविर पुस्तकालयको प्रङ्गणमा आयोजनामा गरिएको कार्यक्रममा खानाको साथै नेवारी सँस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरिएको आयोजकले जनाएका छन् । नेवाः भोज कार्यक्रममा स्थानीय कला सस्कृति झल्किने प्रस्तुतिसँगै विभिन्न झाँकी समेत देखाइएको कार्यक्रम संयोजक अरुणा श्रेष्ठले जानकारी दिनु भयो ।
कार्यक्रमा नेवार समुदायका प्रख्यात खानाका रुपमा रहेका चिउरा , भट्ट , लहसुन , अदुवा , बारा , भेज तथा बफ छोयला , भुटुवा , गेडागुडी , चुकाउनी , साग(वाउचा) , वास(थो) , कुखुराको मासु , तखला ÷सन्या खुनी , भ्यात्ल , मेथी क्वा , तामा क्वा , सिसापुसा लगाएतका खानाका परिकारहरु राखिएको थियो । त्यस्तै , सगुन तर्फ टिका , धजा , अण्डा , अदुवा , लहसुन , माछा , वास , दहि राखिएको थियो ।कार्यक्रममा २सय ५० बढिको उपस्थिती रहेको कार्यक्रमका आयोजक मदन श्रेष्ठले जानकारी दिनु भयो । भने कार्यक्रममा प्रवेश शुल्क एक हजार राखिएको थियो ।
नेवारी समुदायको बाहुल्य क्षेत्र रहेको बुटवल १ र२मा स्थानीय कला संस्कृतिको जगेर्ना गर्न र नेवारी खानाको प्रचार प्रसार गर्न कार्यक्रम फलदायी रहेको बुटवल १ का वडा अध्यक्ष महेन्द्र लिगलले बताउनु भयो । यसलाई थप प्रभावकारी बनाउन बुटवल उपमहानगरपालिकाले पनि पहल गर्न जानकारी दिनु भयो ।कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी ,समाजसेवी लगाएतको उपस्थिती रहेको थियो ।











