काठमाडौं- सिंहदरबार परिसरभित्र प्रवेश गर्न जारी गरिएको सबै प्रकारका स्थायीरअस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरिएको छ।शाखा अधिकृत गोपाल श्रेष्ठले बुधबार एक सूचना जारी गर्दै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सबै प्रकारका स्थायीरअस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरिएको जानकारी दिएका हुन्।
सूचनामा अब उप्रान्त नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरेर सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्वसहमति लिएर सम्बन्धित निकायबाटै जारी गर्ने बताइएको छ।
तर, सरसफाईसँग सम्बन्धित व्यक्तिहरुको हकमा पहिला नै जारी भएका पास, अस्थायी परिचयपत्रहरुबाट नै प्रवेश दिइने छ। पत्रकारहरुको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश दिइने सूचनामा उल्लेख छ।











