टिभिएसकाे स्मार्ट एक्सचेञ्ज, 0% डाउनपेमेन्ट तथा ५९९९ मासिक किस्ता अफर एकै साथ चल्दै

प्रकाशित मिति:

टिभिएस माेटर्सकाे नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा माेटर्स प्रालि र बुटवलका लागि आधिकारिक बिक्रेता बालाजि अटाेमाेबाईल्सकाे संयुक्त आयाेजनामा बुवलमा यहि माघ ९ गते देखि १४ गते सम्म Tvs Smart एक्सचेञ्ज लगाउने लागेकाे हाे। विन्टर सिजन लाई मध्यनजर गरेर लगाउन लागिएको एक्सचेञ्ज अफरमा प्रत्येक टिभिएस खरिद कर्ताले एक्सचेञ्ज गर्दा रु १०००० बजार मुल्यांकन भन्दा बढि भेलुएसन पाउन सक्नु हुनेछ भने ईजि फाईनान्सकाे पनि ब्यबस्था रहेकाे छ। साथै नगद खरिदकर्ताहरुलाई रु ८००० नगद छुटकाे ब्यबस्था रहेकाे छ भने 0% ब्जाजदरमा समेत खरिद गर्न सकिने बालाजि आटाेमाेबाईल्स बुटवलका संचालक विशाल जयसवालले जानकारी दिए।

कम्पनीले न्यून आए भएका तर माेटरसाईकल स्कुटरकाे आवश्यकता भएर पनि खरिद गर्न नसकेका उपभोक्त लक्षित स्किम समेत सुरु गरेकाे छ। उक्त स्किममा उपभोक्तले अनिवार्य सवारिचालक अनुमतिपत्र, नागरिकता, आयस्रोत तथा एक जना धनजमानि साथमा भए सपाेट फाईनान्स गरेर बाईक चढाएर पठाईदिन सकिने साेरुम म्यानेजर सुन्दर अर्यालले जानकारि दिए। हाल नेपाली बजारमा अत्याधिक रुचाईएकाे स्पाेर्टि स्कुटरमा टिभिएस एनटर्क पर्दछ। त्यसैगरि हालमात्रै लन्च भएकाे रेडर १२५ सिसि माेटरसाईकल स्मार्ट कनेक्टिङ प्रबिधि सहित उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ।