ब्यवहारिक, सामुदायिक समाधान कार्यक्रमको सामाजिक लेखा परिक्षण कार्यक्रम मंगलबार जहदामा सम्पन्न,

प्रकाशित मिति:

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बर्दघाट १२ पश्चिम नवलपरासीद्धारा सञ्चालित ब्यवहारिक, सामुदायिक समाधान कार्यक्रमको सामाजिक लेखा परिक्षण कार्यक्रम तथा स्थानिय सरोकारवाला संगको बैठक मंगलबार जहदामा सम्पन्न भएको छ । पुस्तकालयका अध्यक्ष सुरज के.सी को अध्यक्षता एवं बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यता र बर्दघाट नगरपालिका वार्ड नंं १२ का वर्ड अध्यक्ष मान बहादुर मल्ल र १३ का वार्ड अध्यक्ष नर बहादुर चौधरीको बिशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोलदै प्रमुख अतिथि बस्यालले परियोजनाले ग्रामिण स्तरमा कार्यक्रम सञ्चालन रि लक्षित वर्गलाई सेवा दिइरहेको हुदा यो कार्यक्रम प्रभावकारी भएको बताउदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुमा नगरले सधै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पुस्तकालयले गरेका क्रियाकलाप तथा परियोजनाका गतिविधिबारे जानकारी गराउदै २० लाख बराबरको आर्थिक आय व्यय समेतसहजकर्ता नारायण बस्यालले सहजीकरण गर्नुभएको थियो ।सो अवसरमा परियोजनाका बारेमा ब्यवहारिक सामुदायिक समाधान कार्यक्रम उपसमिति समयोजक मुरलि कृष्ण खनाल, रिड नेपालको तर्फ बाट एलबि भण्डारी, वडा सदस्य गजेन्द्र गिरि, बर्दघाट नगरपालिक पशु शाखा अधिकृत भरत लम्साल लगाएतले मन्तब्य राख्नुएको कार्यक्रममा पुस्तकालयका पदाधिकारी, ट्याग किशोरी लगायत सरोकारवालाको सहभागिता रहेको थियो । पुस्तकालयका उपाध्यक्ष जित बहादुर कोहारको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन ब्यवहारिक सामुदायिक समाधान कार्यक्रम समयोजक सागर आलेले गर्नुभएको थियो ।

सन २०२० सेप्टेम्बर बाट सुरु भएको परियोजनाको २०२१ डिसेम्बर सम्मको सामाजिक लेखा परिक्षण सम्पन्न गरिएको थियो । परियोजनाले ईट्टा भट्ठामा का मगर्ने र दैनिक ज्याला मजदुरी गर्ने लक्षित १५ परिवारलाई ३० वटा बाख्रा वितरण गरिएको र विभिन्न आय मुलक कार्यक्रमहरुका साथ साथै सो परिवारलाई बचत गर्ने बानीको विकास गराउने लक्ष्यका साथ काम गरिरहेको ट्याग परियोजना समयोजक लक्ष्मी धितांगले जानकारी दिनुभएको छ ।