दिनमणी पंगेनी- कम्युनिष्ट शब्द ल्याटिन भाषाको कम्युनिसबाट आएको हो । यसको अर्थ ‘जोगी’ हो । माक्र्सले प्रयोग गरेको प्रोलेटेरियट (सर्वहारा) को अर्थ (घटिया दास) भन्ने हुन्छ । संसारका कम्युनिष्टहरुको शैद्धान्तिक आधार कम्युनिष्ट घोषणा पत्र हो । कम्युनिष्ट शिद्धान्त अनुरुप विद्यमान समाजमा वर्ग छ । एक पुंजीपति वर्ग र अर्को सर्वहारा वर्ग । पुु“जीपति वर्गले मजदुर, श्रमिक (सर्वहारा) वर्गको शोषण गरिरहेको छ । यसको अन्तिम समाधान भनेको निजी सम्पत्ति (उत्पादनका साधन जस्तो जमीन, पु“जी, कलकारखाना) राष्ट्रियकरण गर्नु हो । जसबाट वर्ग विभेद अन्त्य हुन्छ । यसैलाई साम्यवाद भनिन्छ । शिद्वान्ततह यो वर्गविभेदको अन्त्य हिंसात्मक क्रान्ति पछि मात्र हुन्छ । यसरी शोषक पूंजीपति बोर्जुवा र सामन्तिको अन्त्यपछि मात्र पूर्ण वर्ग विभेद रहित ( समान ) समाजको प्राप्ति हुन्छ । कार्लमाक्र्सको कम्युनिष्ट विचाधाराले धर्म र नैतिकता वोर्जुवाहरुको पूर्वाग्रही साधन मात्र मान्दछ । धर्म मनुष्यको लागि अफिम सरह हो । द्वन्दात्मक भौतिकवाद भनेको नास्तिकतावाद हो । यो संसारमा ईश्वरको अस्तित्व छैन भन्ने नै हो । कम्युनिष्ट नेताहरुले सपथ लिंदा इश्वरको नाममा सपथ नलिनु सायद यही कारण होला । जसबाट नेताहरु बेला बेलामा विवादमा आइरहन्छन् । सिद्धान्त तह लोकतान्त्रिक पार्टीको कार्यकर्ता आस्तिक या नास्तिक दुवै हुन सक्छन तर कम्यूनिष्ट नेता अनिवार्य नास्तिक हुनै पर्दछ । तर कम्युनिष्ट विचारधारा बोकेका पार्टीका कार्यकर्ता नै अधिकांश मन्दिरमा भजन गाउ“छन्, पुजा लगाउछन्, अझ टुप्पि पालेका र गेरुवा वस्त्रधारी समेतले कम्युनिष्ट झण्डा बोकेको देख्दा अचम्म लाग्छ । कम्युनिष्ट नेताहरु पनि विभिन्न सामाजिक पूजा समारोहमा सरिक कुने उद्घाटन तथा आयोजना गर्ने मात्र होइन । धार्मिक पहिरनमा सजेर धजेर हिड्डुल तथा भोट माग्ने तथा धार्मीक बिषय नै मत माग्ने आधार बनाएको पनि देखिन्छ ।
कम्युनिष्ट घोषणापत्रको शैद्धान्तिक आधारबाट नेपालका कम्युनिष्ट पार्टीहरुले जनताको जनवाद भन्ने अभ्यास गरे । समुदायमा विभिन्न जाति, धर्म, पेशा तथा आर्थिक आदिले मान्छे विभाजित हुन्छ । यस्ता मान्छेलाई एकै थलोमा ल्याएर विभाजन रहित बनाउनु नै जनवाद हो । जस्तो राजा हटाउ, वा धर्म निरपेक्ष बनाऊ भनेर सम्पूर्ण जनतालाई एकैथलोमा राजी खुशी बनाई क्रान्तिमा ल्याउनु जनवाद हो । जनवाद सामाजिक रुपान्तरण हो । जनवादले सह–अस्तित्वलाई जोड दिन्छ । सत्ता बन्दुकको नालबाट जन्मिछ भन्दै सशस्त्र संघर्षमा होमिएको माओवादी अन्त्यमा संसदिय व्यवस्था र बहुदलिय प्रतिस्पर्धाको राजनीतिमा आयो । यो बाटोमा आउन प्रचण्डलाई पक्कै कठिन थिया होला ।नेपालमा पा“चौ महाधिवेशनमा आएर तत्कालिन मालेले जनताको बहुदलीय जनवाद (ज.ब.ज. मार्गदर्शन) सिद्धान्त लियोे । यसले कम्युनिष्टलाई प्रजातान्त्रिक बनायो । फलस्वरुप जवजले कम्युनिष्ट पार्टीलाई चुनाव लड्ने पार्टी बनायो । हुन त १९९० को दशक विश्वभरि (रुस र पूर्वि यूरोप) नै कम्युनिष्ट संकटको अवस्थाबाट गुज्रिएको बेलामा मदन भण्डारीले बहुदलिय प्रतिस्पर्धा मार्फत शक्ति आर्जन गर्न सकिने बाटोमा पार्टीलाई ल्याउनु भयो । शसस्त्र क्रान्तिको विचारधारामा प्रशिक्षित कार्यकर्तालाई ब्यालेटको शान्तिपूर्ण राजनीतिक बाटोमा डो¥याउनु उहा“लाई पनि कठिन त पक्कै भयो होला । हुन पनि यो चानचुन कुरा पनि त थिएन । मुख्य कुरा त जब मालेले ज.ब.ज.लाई स्विकार ग¥यो सिद्धान्ततह जनवाद यथार्थमा जनवाद रहेन । निर्वाचनमा जसले जित्छ उही सत्तामा आउने कुरा स्विकार गरे ।जबकी जनवादले त्यो स्विकार गर्दैन । जनताको बहुदलीय जनवादको विशेषता नैः संविधानको सर्वोच्चता, बहुदलीय प्रतिस्पर्धा, खुल्ला समाज, शक्ति पृथकिकरण, मानवअधिकारको रक्षा, बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष, विदेशी पू“जी र प्रविधी आदि हो । प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नू नै जबज भयो । यसरी हेर्दा जवजले त कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिक पार्टी बनायो ।
किनकी जवजका विशेषता त एक लोकतान्त्रिक पार्टी र व्यवस्थासंग हुबहु मिल्दछ । त्यसैले होला नेता शंकर पोखरेलले “हामी लोकतान्त्रिक कम्युनिष्ट हौ, जबज न भन्दा संशय हुन्छ ।” भन्नु भएको । (मिति २०७८ पुष ५ सोमबार कान्तिपूरमा प्रकाशित अन्तर्वार्ता) । जबज सम्यवादसम्म पुग्ने कार्यक्रम हो या शिध्दान्त हो? कार्यक्रम हो भने त फेरी पनि संशय हुन्छ नै, यदि बिचार शिध्दान्त हो भने, अब एक अनौठो प्रश्न मनमा घोत्लिएको छ । कम्युनिष्ट पनि लोकतान्त्रिक पनि हुन सक्छ त ? हुन सक्ने हो भने कम्युष्टि र लोकतान्त्रिकमा फरक के? संसदिय ब्यवस्था पुजिवादी ब्यवस्था हो, संसदिय ब्यवस्था पूंजीपति, बोर्जुवा र सामन्तिको ब्यवस्था हो पनि भन्ने लोकत्रान्त्रिक कम्युनिष्ट हौ पनि भन्ने ? तेसो भए नेपालमा अभ्यास भएको जबज कम्युनिष्टको नयाँ संस्करण (नया भेरीयन्ट) हो या संसदिय व्यवस्था (पूंजीवादी व्यवस्था) मा गरेको आत्मसमर्पण हो ? बहसको विषय बनेको छ ।











