ब्रिटिस काउन्सिलले हरेक बर्ष प्रदान गर्ने अन्तराष्ट्रिय विद्यालय अवार्ड बुटवलका ५ वटा बिद्यालयले प्राप्त गरेका छन ।अवार्ड पाउनेमा बुटवल उपमहानगरपालिकाका भित्रका ५ वटा स्कुल छन् ।नवीन, इन्टलेक्चुअल एकाडेमी, अक्सफोर्ड माबि,कालिका मानवज्ञान माबि, मणिमुकुन्द स्कूल रहेका छन्।
५ मध्ये २ वटा मात्रै सामुदायीक छन् भने ३ वटा निजी विद्यालय रहेका छन्। विद्यार्थीको शिक्षण सिकाई क्रियाकलाप व्यवहारीक र अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धि बनाउँदै लगिने उद्धश्यले विश्वभरका ३१ देशका विद्यालयमा यो अवार्ड प्रदान गर्दै आएको छ।नेपालमा सन् २०२० मा ५३ र २०२१ मा ५४ गरी १०७ वटा स्कूलले एकै पटक यो अवार्ड प्राप्त गरेका छन्।यो अवार्ड शिक्षण सिकाई क्रियाकलापको मापनका आधारमा मूल्यांकन गरी ब्रिटिश काउन्सिलले छनोट गर्दछ ।
अवार्डका लागि नेपालबाट प्रत्येकवर्ष सयौ स्कूलले आवेदन गरेका हुन्छन् । अवार्ड प्राप्त गरेपछि सो स्कूलले अन्तराष्ट्रिय क्षेत्रका स्कूलहरुसंग एकअर्काका शिक्षण सिकाई क्रियाकलापहरु र विद्यार्थीका अनुभवहरु आदानप्रदान गर्ने र ब्रिटिस काउन्सिलको लोगो ३ वर्षसम्म प्रयोग गर्न पाउँछन् भने पुन लोगो प्रयोग गर्न फेरि छनौट हुनुपर्छ।कोभिड महामारीका कारण हरेक वर्ष वितरण गरिने यो अवार्ड सन् २०२० र २०२१का दुईवर्षको एकैपटक सार्बजनिक गरिएको हो ।









