स्थानीय चुनावको मिति तोक्न एमालेले दबाबमूलक कार्यक्रम गर्ने

प्रकाशित मिति:

प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले स्थानीय तहको निर्वाचनका लागि दबाब सिर्जना गर्न मोर्चा र संगठनलाई आह्वान गरेको छ।

एमाले केन्द्रीय कार्यालयको आइतबार बसेको बैठकले स्थानीय निर्वाचनको मितिका लागि दबाब दिन आह्वान गरेको हो। बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचनबारे ध्यानाकर्षण गराउनेसमेत निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले बताए। एमालेले जेठको पहिलो साता स्थानीय तहको निर्वाचन गर्नुपर्ने माग राख्दै आएको छ।

केन्द्रीय कार्यालय बैठकले बुधबार बस्ने सचिवालय बैठकको एजेन्डाबारे समेत छलफल गरेको थियो।एमालेमा महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय हुन्छ। केन्द्रीय कार्यलयमा महसचिवसहित उपमहासचिव र सचिवहरू रहन्छन्। सचिवालयमा भने सबै पदाधिकारी रहन्छन्। बैठकले राष्ट्रिय सभा निर्वाचन, पार्टीको जिल्ला अधिवशेनको समीक्षासमेत गरेको थियो। बाँकी रहेका १६ जिल्लाको अधिवेशन, प्रदेश अधिवेशनबारे समेत बैठकमा छलफल भएको थियो।