गैडहवामा शिक्षामा कोभिड प्रतिकार्य अभिमुखीकरण कार्यक्रम

प्रकाशित मिति:

२१ माघ, कञ्चन-गैडहवामा बालबालिकाहरुलाई शिक्षामा पहुंचको सुनिश्चिता गरी गुणस्तरिय सिकाई उपलब्धी हासिल गर्न शिक्षामा कोभिड प्रतिकार्य अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ।गैडहवाका १३ मदरसा र २२ सामुदायिक बिधालय गरी ३५ बिधालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिकाहरु र वडा अध्यक्षहरु सहभागी रहेको कार्यक्रममा टोल शिक्षा संचालन एवं व्यबस्थापनका लागि विधालय तथा वडासंग छलफल तथा अभिमुखीकरण गरिएको हो ।

कोभिड १९ का कारण भएको बालबालिकाहरुको सिकाई ह्रासलाई परिपुर्ण गर्ने उद्धेश्यका साथ सञ्चालन गरिएको कार्यक्रममा सहभागी बिधालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई निर्देशन दिदै गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले गैडहवाको शैक्षिक स्तर बृद्धि गर्नमा सबै बिधालयका प्रधानाध्यापक, शिक्षक तथा शिक्षिकाहरुले महत्वपुर्ण भुमिका खेल्ने बिश्वास ब्यक्त गर्नु भयो । यस्तै प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरे बिपदको समयमा आफ्नो सेवा सुबिधालाई भन्दा बिधार्थीहरुको शैक्षिक भविष्यलाई केन्द्रमा राखी समुदाय केन्द्रित टोल शिक्षामा जोड दिन आग्रह गर्नु भयो ।यस्तै सहभागीहरुको तर्फबाट सूर्यपुरा माध्यमिक विधालयका प्रधानाध्यापक रामजी आचार्यले संघिय सरकार, प्रदेश तथा स्थानिय सरकारले ल्याएका शैक्षिक कार्यक्रमहरुलाई प्रभावकारी ढंगले अगाडी बढाउन र कोभिड संक्रमण पछि बिधालय तहको शिक्षामा पुराएको क्षतिलाई नयुनिकरण गर्न सबै बिधलाय गम्भिर भई कार्य गर्न प्रतिबद्ध भएको बताउनु भयो ।बिपदमा शिक्षाका प्रतिकार्यका लागि बिधालय र गाउपालिकाहरुको योजना निर्माण गरी कार्यन्वयन गर्ने उद्धेश्यले संचालन हुने टोल शिक्षाकालाई बालबालिकाहरुको सुन्दर भबिष्य निर्माण गर्नमा निकै महत्वपुर्ण राख्ने गैडहवा गाउपालिका वडा नं। ८ का वडा अध्यक्ष तथा गैडहवा शिक्षा समन्वय समितिका संयोजक भुवन बहादुर रानाले उल्लेख गर्नु भयो ।

गैडहवा गाउपालिका वडा नं। ८ का वडा अध्यक्ष तथा गैडहवा शिक्षा समन्वय समितिका संयोजक भुवन बहादुर रानाको अध्यक्षता तथा गैडहवा शिक्षा शाखा प्रमुख माधवराज पौडेलको स्वागतमा संचालित कार्यक्रमको संचालन कालिका स्वालम्वन सामाजिक केन्द्र,तौलिहवा कपिलबस्तुका सहजकर्ता भवि क्षेत्रीले गर्नु भएको थियो । कालिका स्वालम्वन सामाजिक केन्द्र,तौलिहवा कपिलबस्तुको आयोजना तथा को सहयोगमा संचालित कार्यक्रमको समन्वय र सहकार्य गैडहवा गाउपालिकाले गरेको हो । अभिमुखीकरण कार्यक्रमको सहजिकरण कालिका स्वालम्वन सामाजिक केन्द्र,तौलिहवा कपिलबस्तुका कार्यक्रम संयोजक अर्जुन थापाले गर्नु भएको थियो । कार्यक्रम रिभरसाईड रेष्टुरेन्ट, सूर्यपुरामा भएको थियो । गैडहवा गाउपालिकाका ३५ बिधालयका ७० वटा टोलमा ६ महिना सम्म समुदायमा आधारित टोल शिक्षा संचालन हुने छ।