आजको राशिफल २०७५ पौष ५ गते

प्रकाशित मिति:

मेष राशिः मनमा प्रशन्नता रहनेछ, कार्य लाभका साथै व्यापार व्यवसायमा पनि उन्नति हुने देखिन्छ । वृष राशिः मीष्ठान्न प्राप्तिको योग देखिन्छ, सोचेका काम बन्नेछन् मित्र सहयोगले दिन सफल रहने देखिन्छ । मिथुन राशिः खर्चमा वृद्धि हुने देखिन्छ, चन्द्रमा प्रतिकूल रहने भएकाले स्वास्थ्यमा पनि समस्य आउने देखिन्छ । कर्कट राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । सिंह राशिः अध्ययनमा रुचि जाग्नेछ, आय बढ्नुका साथै पारिवारिक साथ सहयोगले दिन उन्नत रहनेछ ।कन्या राशिः मित्र सहयोग प्राप्त हुनेछ, धन लाभका साथै अध्ययन अध्यापनका क्षेत्रमा आज दिन व्यतित हुनेछ । तुला राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अवरोध आउनुका साथै स्वाथ्यमा पनि प्रतिकूलता रहने देखिन्छ । वृश्चिक राशिः प्रिय वस्तुलको लाभले मनमा प्रशन्नता छाउनेछ, कार्यप्राप्तिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ । धनु राशिः सामाजिक कार्यमा मन जानेछ, धन प्राप्तिका साथै भौतिक वस्तुबाट विशेष लाभ रहनेछ । मकर राशिः आयमा वृद्धि हुनेछ, मित्र लाभका साथै मनमा प्रशन्नता छाउने देखिन्छ । कुम्भ राशिः कार्यमा अवरोध रहनेछ, शारीरिक आलश्यताले मनमा पनि अस्थिरता निम्त्याउने देखिन्छ । मीन राशिः यात्राका विशेष योग देखिन्छन्, आर्थिक उन्नयनका साथै पारिवारिक सुख मिल्नेछ । उपप्राध्यापक नारायणप्रसाद निरौला  ज्योतिषाचार्य, वास्तुविद्