रुसी सेनाद्वारा युरोपकै ठूलो परमाणु केन्द्रमा आगलागी

प्रकाशित मिति:

काठमाडौँ – रुसी सेनाले युक्रेन हमला जारी राखेको छ।युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले रुसले ‘सबै दिशाबाट हमला गरिरहेको’ बताएका छन् आक्रमणका क्रममा युरोपकै सबैभन्दा ठूलो जापोरिज्या परमाणु केन्द्रमा आगलागी गराइएको छ ।

‘रुसीहरूले तुरुन्तै आगलागी रोक्नुपर्छ, अग्नि नियन्त्रकहरूलाई अनुमति दिनुपर्छ, सुरक्षा क्षेत्र स्थापना गर्नुपर्छ’ कुलेबाले ट्विटरमा लेखेका छन्।मेयर दिमित्री ओर्लोभले रुसी फौजलाई फायरिङ रोक्न भनेका छन्।