धरान-नेपालीकांग्रेसले धरान ८ को नमुना बस्तीमा सगठन निर्माण गरेको छ । कांग्रेसले भुपालपाख्रिनको सभापतित्वमा ३० सदस्यीयनमुना बस्ती टोल समिति गठन गर्दै बस्तीमा संगठन विस्तार गरेको हो । कम्युनिष्टको गढ मानिने नमुना बस्तीमा कांग्रेसले पहिलो पटक आफ्नो संगठन विस्तार गर्न सफलभएको छ । समितिको उपसभापतिमा सवित्राश्रेष्ठ, सचिवमा सुमी वराइली, कोषाध्यक्षमा कुमारी तामाङ, सदस्यहरुमा शिवकुमार राई, फुलमाया विश्वकर्मा, सुमित्रातामाङ, भिमबहादुर विश्वकर्मा, गिताल्वागुन, कुमार उदास, पानबहादुर तामाङ, प्रमिला राई, रितातामाङ, डिकन श्रेष्ठ, रेश्माउदास, विरेन ल्वागुन, मणि शंकर, विनोद वि.क., सरु राई, दिलतामाङ, संगिता तामाङ, कमलावि.क., मेनुकातामाङ, सुमित्रा राई, विरबहादुर लिम्वु, प्रमिला राई, पुनम मगर, विनोद वि.क., शान्तितामाङ, गोमालिम्वु, नविन सेन्चुरी, कविता घिसिङ र रानु श्रेष्ठ रहेको छ ।

टोल समिति गठन कार्यक्रमका संयोजक रामतामाङको अध्यक्षतामा सम्पन्नभेलामामहासमिति सदस्यविनोद राईले १४औं महाधिवेशनवाट आएकायूवा नेतृत्वले पार्टीलाई सही ढंगले अगाडि बढाउनेमा विश्वस्त रहेको बताए । क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन महासमिति सदस्य र प्रदेश सम्मेलन सदस्यको सर्वसम्मत चयन गरिएको बताउंदै आसन्न स्थानीयतहको निर्वाचनमा सबै वडा र मेयर तथा उपमेयरमा पार्टीकाउम्मेदवारलाई विजयी गराउनआपसी सहमति, सहकार्य र एकताहुनुपर्नेमाजोड दिए । उनले धरानमा सुकुम्वासी समस्या विकराल बन्दै गएको भन्दै भूमिहीन सुकुम्वासीलाई भू–स्वामित्व सहितको सुरक्षाको प्रत्याभूतिदिलाउन पार्टी प्रतिवद्ध रहेको बताए ।

नगर सभापतिश्यामपोखरेलले नेपालीकांग्रेसले सुकुम्वासी, मजदुर, विपन्नवर्ग, महिला सबैलाई न्यायगर्ने बताए । उनले टोल कमिटि गठन गर्ने कार्य चुनावआयो भनेर मात्रनगरेको नभई विधानबमोजिमगर्नैपर्ने भएकाले गरिएको बताउंदै यसको पनिअन्तिम उद्देश्यभनेको निर्वाचनमा पार्टी र पार्टीकाउम्मेदवारलाई जिताउनु नै रहेको बताए ।भेलामा वडा सभापतिउत्तम राई, संयोजक रामतामाङ, नगर सदस्य रण थेवे लगायतले विचार राखेकाथिए । भेलामा क्षेत्रीय सदस्यद्धय उमेश पौडेल, किशोर वि.क., प्रदेश सम्मेलन सदस्यकिरन राई, प्रदेश सभा सदस्य विष्णु मोक्तान, नगर सहसचिवद्धय शिलाबज्राचार्य, युनेश रानामगर, नगर सदस्यहरु दिपेश राई, गणेश चौहान, नगर सल्लाहकार सुरज लामा, हेमन्तलिम्वु, क्षेत्रीयप्रतिनिधिआशिषपाख्रिन, तारा ल्वागुनलगायतको उपस्थिति रहेको थियो ।












