कञ्चनमा  रक्तदान, ३५ युनिट रगत संकलन

प्रकाशित मिति:

 कञ्चन- नेपाल नियमित रक्तदाता संघ,,कञ्चन शाखाको आयोजनामा संचालन गरिएको रक्तदान कार्यक्रममा कञ्चनका ३५ जना नियमित रक्तदाताहरुले रक्तदान गरेका छन। कामना सेवा बिकास बैंक र कञ्चन गाउपालिका वडा नं। ५ को आर्थिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको हो।रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई सम्बोधन गर्दै नियमित रुपमा रक्तदान गर्ने रक्तदाताहरु सबैभन्दा ठूलो जिवनदाता भएको बताउनु भयो । रक्तदाताहरुको मूल्य कुनै पनि अर्थ र सेवाले तिर्न नसकिने मानविय सेवा सबै धर्म र कर्म भन्दा ठूलो पुण्य कार्य भएको बताउदै वडा अध्यक्ष अधिकारीले आवस्यक परेको अवस्थामा आफ्नो जिवनरुपी रगत दिने रक्तदाताहरु समाजमा आवस्यक रहेको बताउनु भयो ।

यस्तै नेपाल रेडक्रस सोािइटी लुम्बिनी प्रदेशका महा सचिव तथा रक्त संचार केन्द्र बुटवलका संयोजक कृष्ण प्रसाद पंगेनीले रुपन्देहीको रगत आपुर्तिमा कञ्चनमा हुने रक्तदान कार्यक्रमको उल्लेख्य महत्व रहेको बताउनु भयो । संयोजक पंगेनीले कञ्चनमा नियमिति रुपमा हुने रक्तदान कार्यक्रमबाट रुपनदेहीमा हुने रगतको अभावलाई कम गर्दै आएको र गाउ गाउमा रक्तदान गर्ने रक्तदाताहरु बढ्दै गइरहेको समेत बताउनु भयो । अव लुम्बिनी प्रदेशमा प्रदेश सरकारको सहयोगमा रक्तसंचारबाट रगत लिए वापत लिइने सेवा शुल्क समेत छुट हुने प्रावबधानलाई छिटै लागु गर्न लागेको बताउदै संयोजक पंगेनीले नियमित रक्तदाताहरुको अभिलेख राखी रक्तदान सम्बन्धी नियमित सूचना प्रवाह गर्ने प्रणालीको बिकास गर्न लागेको समेत जानकारी गराउनु भयो ।

नेपाल नियमित रक्तदाता संघका केन्द्रिय उपाध्यक्ष लेखनाथ अधिकारीले नियमित रुपमा रक्तदान गर्ने रक्तदाताहरुलाई रक्तदान गर्ने भावनालाई संगठित गर्न संघको स्थापना गरिएको जानकारी गराउनु भयो । यस्तै देशभरि नै रगतको अभावलाई न्युनिकरण गर्न र रक्तदान प्रति सकारात्मक सोंचको बिकास गर्न संघले सहजिकरण गर्दै आइरहेको उपाध्यक्ष अधिकारीले बताउनु भयो ।कामना सेवा बिकास बैंक, गरगरे शाखा कञ्चनका शाखा प्रबन्धक प्रकाश शर्माले रगतको अभावमा मृत्युको शैयामा छटपटाइरहेकाहरुको जिवन बचाउने मानविय सेवामा बैंकले आयोजकसंग सहकार्य गर्ने अवसर प्राप्त गर्नु बैंकका लागि महत्वपुर्ण कार्य भएको बताउनु भयो । बैंक नाफामुखी संस्थाको रुपमा भन्दा पनि सेवामुखी संस्थाको रुपमा कार्य गर्दै आइरहेको शाखा प्रमुख शर्माले बताउनु भयो ।नेपाल रेडक्रस सोसाइटी, कञ्चन उपशाखाका सभापति गंगलाल पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा प्रगतिशिल सामाजिक बिकास केन्द्र,गौतमबुद्ध सामुदायिक बिकास केन्द्र, संघर्षशिल कृषि सहकारी संस्था र एकता युवा क्लवको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाको सहजिकरण गरेको थियो ।