चापाकोटका विभिन्न माविहरुमा नेविसंघका नयां समीतीहरु गठन

प्रकाशित मिति:

स्याङ्जा । नेपाल विद्यार्थि संघले स्याङ्जाका विभिन्न विद्यालय मावी तथा क्याम्पसहरुमा नयां समीती गठन प्रकृयालाई तिव्रता दिएको छ । चापाकोट नगरपालिका वडा न १ आधिचौघेरा मा रहेको भानु मा वि मा जिता रेग्मी को सभापतित्वमा ४१ सदस्यीय नेविसंघ गठन गरिएको छ । उपसभापतिमा हुमन आले,अनिसा सुवेदी,सचिव मा सिर्जना रामजाली मगर,कविता थापा,सह सचिव पवित्रा आले कोषाध्यक्ष मा कमल आले हुनुभएको छ ।

यसैगरि जनहित मावी चापाकोट ८ दामाचौर मा कक्षा ११ र १२ मा छुट्टाछुट्टै नेविसंघ समिती गठन गरिएको छ ।कक्षा ११ मा नविना डोटेल को सभापतित्त्वमा ३३ सदस्यीय समिती गठन गरिएको छ ।जसको उपसभापतिमा सुमित्रा श्रेष्ठ ,अभिषेक नेपाली सचिव मा सुस्मिता कुमाल,प्रकृति कुमाल,सह सचिव राजेन्द्र कुमाल,कोषाध्यक्ष मा कृष्ण मानन्धर बन्नुभएको छ ।यसै गरि कक्षा १२ मा उपसभापतिमा प्रेम खवास र रचना तिवारी सचिव मा सरस्वती कुमाल सह सचिव समीक्षा गैर्हे र कोषाध्यक्षमा अनुषा सिन्जाली बन्नुभएको छ ।समिति गठन कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस चापाकोट नगर सभापति सुन्दर भण्डारी ,तरुण नेता कमल घिमिरे,नेविसंघ क्षेत्रीय सभापति धनराज पौडेल उप सभापति गोपिकृष्ण रेग्मि नेविसंघ चापाकोट नगर सभापति महेश डोटेल ले आफ्नो भनाइ व्यक्त गर्नुभएको थियो ।

थप समाचार