“मेरी बास्सै” बाट अलग भए दमन

प्रकाशित मिति:

काठमाडौं । कलाकार दमन रुपाखेती हास्य टेलिसिरियल ‘मेरी बास्सै’को निर्देशकको जिम्मेवारीबाट अलग भएका छन् । मंगलबारको एपिसोडबाट आफू ‘मेरी बास्सै’बाट अलग भएको उनले जानकारी दिए ।रुपाखेतीले   भने, ‘प्रोडक्सन टिमसँगको असमझदारीले सिरियल छाडेको हुँ, निर्माण कम्पनी मिडिया हबसँग सम्बन्ध छैन ।’ उनले यस विषयमा विस्तृतमा भने बताउन चाहेनन् ।

तर उनी निकट स्रोतले भने मिडिया हबका सञ्चालक सोम धितालको दबाब थेग्न नसकेर रुपाखेतीले ‘मेरी बास्सै’ छाडेको जनाएको छ । उनले केही समयदेखि हास्य टेलिसिरियल ‘मेरी बास्सै’को निर्देशन गरिरहेका थिए । यो सिरियल नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।