नेपाल स्वयंसेवि रक्तदाता समाज र नागरिक समाजको आयोजनामा १५औ रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नेपाल स्वयंसेवि रक्तदाता समाज तिलोतमा शाखा र रुपन्देही नागरिक समाजको आयोजनामा १५औ नियमित रक्तदान कार्यक्रम कालिकानगर स्थित कालिका मानवज्ञान मा.विमा सम्पन्न गरेको छ ।

यस अगाडि पनि धेरै चोटि रक्तदान कार्यक्रम आयोजना गर्दै आएको यस संस्थाले रगत अभावकले कसैको मृत्यु नहोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक शंखर गौतमले बताउनु भयो।कार्यक्रमबाट १०२ युनिट रगत सङकलन भएको थियो ।                                            फोटोफिचर