नवीन विद्यार्थी क्लबको तेस्रो  पद हस्तान्तरण कार्यक्रम सम्पन्न अध्यक्षमा जुना परियार

प्रकाशित मिति:

नवीन विद्यार्थी क्लबको तेस्रो  पद हस्तान्तरण कार्यक्रम सम्पन्न अध्यक्षमा जुना परियार । पुर्व उप-प्रधानमन्त्री तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख उपस्थितमा कार्यक्रम संचालन भएको थियो । विद्यार्थीलाई अध्यनमा मात्रै सिमित नभई उनिहरुलाइ जीवन शैली एवं अन्य विषय बस्तु साथै नेतृत्व विकास र थुप्रै क्रियाकलाप बाट अगाडि लैजानको निम्ति  विद्यालयको विद्यार्थी मधुसूदन नेपालको नेतृत्वमा नवीन विद्यार्थी क्लब संस्था स्थापन गरिएको थियो ।

नवीन औधोगीक कदर बहादुर रीता माद्यमिक विद्यालाएको मातहतमा रहेको उक्त क्लबको २०२१/२०२२ को अध्यक्षमा बिसाल प्रोखरेल रही काम गर्नु भएको थियो । उक्त कार्यक्रममा विभिन्न किसिमको पुरस्कारहरु प्रधान गरिरेको थियो । क्लबको विधान अनुसार दिनु पर्ने NSC MEMBER AWARD ,NSC TEACHER AWARD ,NSC STUDENT AWARD  अन्य विभिन्न विधामा पुरस्कारहरु वितरण गरेका थिए ।

कार्यक्रममा स्वागत मंत्यब राख्दै क्लबकी सदस्य सुस्मा खनालले “क्लबको बारेमा र आफु क्लबमा रही आफुले गरेको कामकार्य  बारेमा बताउदै मंत्यब राखेकी थिन । उक्त कार्यक्रमा विद्यालय प्राचार्य प्रेम बादुर बस्नेतले उक्त क्लबले विद्यालयमा केहि परिवर्तन साथै विद्यार्थीहरुमा नेतृत्व बिकासमा सहयोग पुगेको टिप्पणी गर्नु भएको छ ।”

 कार्यक्रममा बोल्दै प्रमुख अतिथि  पौडेलले “विद्यालयमा संचालन गरिएको क्लब बारे सकारात्मक विचार एवम् यस्ता क्लब द्वारा विद्यार्थीहरुलाइ बाहिरि क्रियाकलाप प्रति रुचि हुने र  निरन्तरता पुर्व अगाडि लैजान अनुरोध गर्नु भएको छ ।  साथै शैक्षिकसत्रमा बुटवल विभिन्न किसिमको विकास मुलुक कार्यक्रम एवम् भौतिक विकास भएको पनि उल्लेख गर्नु भएको छ कार्यक्रमका बोल्दै उहाले बुटवल टेक्निकल कलेजमा विद्यार्थीको लागि विभिन्न सिपमुलुक अध्यनको सुरुवात भएको जानकारी गराउनु भयो  । नविन विद्यालयमा पनि विभिन्न भौतिक विकासहरुमा आफुले टेवा पुराउन पाएकोमानि खुशी व्यक्त गर्नु भयो,  विद्यार्थीहरुको पढाईमा विभिन्न प्राबिधिक शिक्षाको  बाताबरण बनाउने साथै  विद्यार्थीहरुमा नेतृत्व विकास , सीप र अन्य कुरामा अगाडि बढाउनको लागि  विद्यालयमा क्लब खोली अगाडि बढ्नको लागि एउटा बाटो बनेको छ त्यस प्रती उहाको सकारात्मक विचार सहित साथ दिने जानकारी गराउदै विद्यार्थीहरु भविष्यको किरण हुन र उनिहरु भनेको देशको श्रोत भएको दावी गर्दै पुर्व अध्यक्ष एवम् कार्यसमिति लाई धन्यवाद दिदै  नयाँ कार्यसमिति बधाई एवम् शुभकामना व्यक्त गर्नु भयो ।”

कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष नेपालाले विद्यार्थीहरु अहिले एउटा किताबको पानामा मात्रै सिमित भइ बाहीरि कार्यक्रममा अजै पनि ज्ञान कम भएको कारण आफुले विद्यालयमा क्लबको स्थापना गरेको जानकारी दिनु भयो । एउटा विद्यार्थीले कुनै कुरामा आफुले नेतृत्व गर्न सकेमा अहिलेको समय अनुसार उस्को क्षेमता आजै विकास हुने छ, आफु संस्थापक अध्यक्षको नाताले आफुले गर्न सक्ने सम्पुर्ण काम र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।  कार्यक्रममा विद्यालय व्यवस्थापन समिती अध्यक्ष कृष्ण प्रसाद खरेल , विद्यालय समिति सदस्य राजेन्द्र ढकाल , प्रधानाध्यापक प्रेम बाहादुर बस्नेत, क्लब सल्लाहकार दिपक ज्ञवाली , डा. निकोलस भुसाल लगायत सम्पुर्णले आफ्नो मन्तब्य दिदै बधाई तथा शुभकामना दिनु भएको छ ।

कार्यक्रममा नव नियुक्त २२/२३ का अध्यक्षद्वारा पुर्व अध्यक्ष बिसाल पोख्रेललाई प्रसंसा पत्र साथै मायाको चिनो प्रधान गर्दै सम्पुर्ण २१/२२ को कार्यसमितिलाई धन्यवाद प्रकत गर्नु भयो । उक्त कार्यक्रमा पुर्व कार्यसमितिलाई अध्यक्ष पोख्रेलद्वारा  मायाको चिनो वितरण गर्नु भएको थियो भने कार्यक्रम बिकास बस्यालले संचालन गर्नु भएको थियो ।