रोटर्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देही अध्यक्ष मा रो.बिनोद राजभिर जयसवाल निर्वाचित

प्रकाशित मिति:

रोटर्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देही को चौथो पदस्थापन तथा धन्यवाद ज्ञापन समारोहबाट अध्यक्षमा रो.बिनोद राजभिर जयसवाल भएका छन्। मंगलबार बुटवल उपमहानगर को मिलनचोक स्थित एसियन पार्टी प्यालेसमा सम्पन्न समारोहमा प्रमुख अतिथिको रोटरि डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट सर्विस प्रोजेक्ट चियर पर्सन रोटारियन एजाज आलम , विशिष्ठ अतिथि क्लबका संस्थापक एवम रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ का डी आर आर रो.लक्ष्मण खरेल ज्यू, स्पोन्सर क्लब रोटरी क्लव अफ सेन्ट्रल बुटवलका अध्यक्ष रोटरीयन.हिमाल गौरे ज्यू ,जोन २२ का ZRR रो.रमेश पन्थी ज्यू, रोटर्यक्ट डिष्ट्रिक्ट ३२९२ का पदाधिकारी लगाएत अन्य अतिथिहरु,छिमेकी क्लबका अध्यक्ष ज्यू ,निवर्तमान अध्यक्ष ज्यू,सदस्य ज्यू हरुको उपस्थिति रहेको थियो।अध्यक्ष मा निर्वाचित हुनुभएका जयसवाल लाई क्लबका संस्थापक एवम रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ का डी आर आर रो.लक्ष्मण खरेलले सपथ ग्रहण गराउनु भयो भने निबर्तमान अध्यक्ष रो. गोबिन्द पाण्डे ले गङ ग्याबेल,अध्यक्ष कोलार, चाटर सर्टिफिकेट हस्तान्तरण गर्नुभयो र जयसवाल
ले आफ्नो कार्यसमिति प्रस्तुत एवम सपथ ग्रहण गराएर वर्ष भरि गरिने कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नयाँ सदस्य को रूपमा ७ जना सदस्य लाई सपथ ग्रहण जोन २२ का ZRR रो.रमेश पन्थी ले गराउनु भयो भने रोटर्याक्ट डिष्ट्रिक्ट को टिमले पिन वितरण गरी नयाँ सदस्य स्वागत गर्नुभएको थियो। कार्यक्रम मा संयोजक रो.सुस्मा बश्यालले स्वागत गर्नु भएको थियो भने धन्यवाद मन्तव्य रो.दिवस खनालले दिनुभएको कार्यकम को सञ्चालक वर्ष २१-२२का सचिव रो.अनन्त पन्थी र वर्ष २२-२३का सचिव रो.युकेस मान ज्ञवाली ले गर्नुभएको थियो ।