तिलोत्तमा ६ मा तीज गित प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

तिलोत्तमा, भदौ ९ । हरितालिका तीजको अवसर पारेर तिलोत्तमा नगरपालीका वडा न ६ को आयोजनामा बुधवार सभ्य समाज निर्माणमा महिलाको भुमिका विषयक तीज गित प्रतियोगिता सम्पन्न भयो । वडाभित्रका आमा समुहबीचको प्रतिष्पर्धामा कालीका दिदीबहिनी आमा समुह प्रथम, तिलोत्तमा आमा समुह द्धितीय र चरित्र ज्योती नारी जागरण आमा समुह तृतीय भएको वडा न ६ का प्रतिनिधी देवी न्यौपानेले जानकारी दिए । प्रतियोगितामा नमुना आमा समुहले सान्त्वना स्थान हांसिल गर्यो भने उत्कृष्ट नृत्य मार्फत मगर महिला एकता समाज पुरस्कृत भएको उनले बताए । प्रतियोगितामा प्रथम हुनेले रु १२ हजार, द्धितीयले १० हजार, तृतीयले ८ हजार, सान्त्वनाले १ हजार र उत्कृष्ट नृत्य गर्ने समुहले पनि १ हजार सहित प्रमाणपत्र प्राप्त गरेका थिए । वडाले छुट्याएको पुरस्कारमा नगरपालीकाका मेयर रामकृष्ण खांणले व्यक्तिगत रुपमा ५/५ हजार थपिदिई प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख रामकृष्ण खांणले महिला दिदीबहिनीका लागि रमाइलो चाडका रुपमा आउने तीजले जागरुकता समेत ल्याएको बताए । उनले रिह र रिक्त मात्र नभई महिला अघि बढ्ने अवसरका विषयमा पनि तीजका भाका गाइनुपर्ने बताए । स्थानिय, प्रदेश र संघीय सरकारका पदाधिकारीमा रहेका महिलाले अन्य महिलालाई अघि बढ्न हौसला दिएका खबर खुसीका खबर हुन्, उनले भने, तीजका भाकामा महिलाको अघि बढ्ने सम्भाव्यता तथा आफुहरुको क्षमताका विषयमा समेत टुक्का भरिनुपर्छ । खांणले तीज मात्र नभई अन्य बेलामा पनि वडाले महिला जागरणका कार्यक्रम ल्याई स्ववालम्बी बनाउन सघाउनुपर्ने जनाए ।

त्यस्तै, वडा न ६ का अध्यक्ष गणेश पाठकले निर्वाचनका बेलामा महिला दिदीबहिनीले खेलेको भुमिका अपरिहार्य रहेको बताए । उनले वडामा जनप्रतिनिधी आएपछि स्थानियलाई चाडबाड होस् वा दु : ख पिंडा हरेका बेलामा साथ दिनेगरी काम गर्ने प्रयास गरिरहेको बताए । हामीले बजेट छुट्याएर सक्नेजति काम गर्न तयार छौं, उनले भने, महिला दिदीबहिनी अघि बढे घर परिवार र समाज नै अघि बढ्छ, जसका लागि महिला दिदीबहिनीलाई प्रखर बनाउन जरुरी छ । कोपिला काफ्लेको संचालनमा सम्पन्न प्रतियोगितामा वडाभरिका गरि १४ आमा समुहले सहभागिता जनाएका थिए ।

थप समाचार