भदौ–१०, बुटवल- दीप बोर्डिङ हाई स्कुलमा शुक्रबार अन्तरसदनात्मक तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा रातो, निलो, हरियो र सेतो सदनका दुई दुई समूहले सहभागिता जनाएका थिए । जसमध्ये कक्षा ५, ६ र ७ मा भएको प्रतियोगितामा हरियो सदनले प्रथम, निलो सदन द्वितीय र सेतो सदनले तृतीय स्थान हासिल गरेका छन् भने कक्षा ८, ९ र १० मा भएको प्रतियागितामा निलो सदनले प्रथम, रातो सदनले द्वितीय र सेतो सदनले तृतीय स्थान प्राप्त गरेका छन् ।
कार्यक्रममा कक्षा ११ र १२ विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए भने विद्यालयका प्राचार्य प्राचार्य टीकाराम न्यौपानेले गीत गाएर कार्यक्रमको उद्घाटन गर्दै मौलिक नेपाली संस्कृति संरक्षणमा दीप बोर्डिङ हाई स्कुलले विविध सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिरहने बताउनुभएको थियो ।विद्यालयका उपप्राचार्य सुरेन्द्रकुमार शाक्यको सभाध्यक्षता, विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको प्रमुख आतिथ्यता, उपप्राचार्य द्वय ज्ञानु थापा र कलाधर अर्याल, प्लस टु संयोजक वसन्तकुमार जोशी, लेखा प्रमुख रेखा श्रेष्ठ,
विज्ञान सङ्काय संयोजक कमल नेपाल, विद्यालयका कक्षा ९ र १० का संयोजक के बी खाम्चा, कक्षा ७ र ८ का संयोजक कृष्ण भुसाल, कक्षा ५ र ६ का संयोजक गान्धीराज थापा, कक्षा ३ र ४ की संयोजक पार्वती सिंह, कक्षा १ र २ की संयोजक आशा लिम्बू, कक्षा नर्सरी र के.जी.की संयोजक पुष्पा गैरे लगायतको आतिथ्यता तथा स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा विषय प्रमुख सरिता सोतीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा नेपाली विषय प्रमुख बालकृष्ण पाठक, नृत्य निर्देशक किशोर थापा, शिक्षिका विजया थापाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षिका द्वय सीता आचार्य र लक्ष्मी ज्ञवालीले गर्नुभएको थियो ।कार्यक्रममा रेखा आचार्य, सन्दिप बस्याल, अमर खत्री, विकास हमाल, विजय सापकोटा, जनक पन्थी, श्याम बस्याल, अनिल पङ्गेनी, पुरुषोत्तम पाण्डेयले सहयोगी भूमिका निर्वाह गर्नुभएको थियो ।










