२७ अगष्ट २०२२ न्युयोर्क अमेरीका: आज जिपी कोईराला फाउन्डेशन अमेरीकाको न्युयोर्क उडसाईडस्थित कार्यालयमा एक विशेष भेटघाट एवं छलफल कार्यक्रम सम्पन्नभयो। सो भेटघाट एवं छलफलमा सहभागी महानुभावहरूलाई जिपी कोईराला जिपी कोईराला अध्यक्ष श्री सोमनाथ घिमीरेले विशेषअतिथिहरु क्रमशः गिरीजा प्रसाद कोईराला फाउन्डेशन-केन्द्रीय सदस्य श्रीमती कृष्ण खरेल, नेपाल सरकारका पुर्व सचिव श्री शंकरखरेल, र भुटानी अमेरीकनका तर्फवाट डेमोक्रेटिक पार्टीका पुर्व सिटी काउन्सिल उम्मेदवार एवं सामाजिक अभियानकर्ता श्री जय सुवेदीलाई खादामाला ले स्वागत गर्नु भएको थियो र यस स्वागत कार्यक्रम मा जिपी कोईराला फाउण्डेशन अमेरीकाका उपाध्यक्ष श्री सुवर्णलामा र प्रवक्ता श्री रामचन्द्र अधिकारीको उपस्थिती रहेको थियो।
सो भेटघाट एवं छलफल कार्यक्रममा, समाजसेवीहरू क्रमशःश्री विरेन्द्र मानन्धर, श्री श्याम कार्की, श्री राजु रौनीयार, श्री पासांग नोर्बुशेर्पा, श्री किरण पौडेल, श्री विकास सुवेदी, श्री कपील भट्ट र श्री तेन्जींग दोर्जे उपस्थित हुनुहुन्थ्यो।सो अवसरमा फाउन्डेशन अमेरीका च्याप्टरका अध्यक्ष श्री सोमनाथ घिमीरेले फाउन्डेशनका गतिविधि र आगामी कार्यक्रमवारे छलफलगर्दै स्वर्गीय गिरिजावावुले नेपाल र नेपालीभाषी भुटानी समुदायको व्यवस्थापनमा खेल्नुभएको भुमीका र प्रवासी नेपालीभाषी एकहुनुपर्नेमा जोड दिंदै सो का लागी आफुहरूले संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रीय मंचमा आवाज वुलन्द पार्न आगामी दिनमा एक विशेषअभियानकासाथ लागीपर्ने बताउनुभयो।
त्यसैगरी अभियन्ता श्री जय सुवेदीले नेपालीभाषी भुटानीहरूले भुटानदेखी अमेरिका र अन्यमुलुकमा झेल्नुपरेका समस्याहरूवारे प्रष्टपार्दैआफुहरुले एक वृहत अभियानमा साथ सबै नेपाली भाषीहरूलाई समेटी अन्तर्राष्ट्रीय मंच र मुलधारका राजनैतिक पार्टी तथा सरकारीनिकायसँग समन्वय गरी अगाडी बढेको प्रष्ट पार्नुभयो।स्मरणरहोस्, नेपाल, भारत, भुटान, वर्मा, मलेशीया, थाईल्याण्ड लगायतका दशौंदेशहरुमा थातथलो रहेका र हाल विश्वभर छरीएका करीव ६ करोडको संख्यामा नेपालीभाषीहरू रहेको अनुमान छ।पुर्वसचिव श्री शंकर खरेलले आफुले नेपालमा प्रशासक भै काम गर्दा स्व गिरीजावावु र वहाँको राष्ट्रीय भावना अनुरूप विकास रसहायतामा कदम चालेको र कतीपयलाई सो मन नपरेतापनी दीर्घकालिक रूपमा देशको हितमा रहेको धारणा राख्नुभयो।
यसैगरी फाउन्डेशनकी केन्द्रीय सदस्य श्रीमती कृष्ण खरेलले फाइन्डेशन अमेरिका च्याप्टरले गरेको कार्य र कृयाशीलता सारा विश्वलेनियालीरहेको र एक गर्व गर्नलायक भएकोमा फाउन्डेशन को केन्द्रीय सदस्यको हैसीयतले आफु हर्षविभोर भएको कुरा प्रष्ट पार्नुभयो।समाजसेवी वीरेन्द्र मानन्धरले आफुहरू फाउन्डेशनसँग हातेमालो गर्दै न्युयोर्क, अमेरीका र समग्र नेपाल र नेपालीको हकहितका खातिरजस्तोसुकै कदम चाल्नपनी तयार रहेको बताउनुभयो।यसैगरी अर्का समाजसेवी श्री श्याम कार्कीले नेपालको शीर उच्च राख्न प्रवासमा रहेका नेपालीहरू लागीपरेको र आगामी दिनमा सबैनेपालीभाषीहरू एक भै नेपाललाई चिनाउन लागिपर्नेमा जोड दिनुभयो।यसैगरी संयुक्त राष्ट्रसंघमा कार्यरत समाजसेवी श्री किरण पौडेलले आफुले आफ्नो व्यक्तिगत र संस्थागत क्षमताले भ्याएसम्म नेपाल रनेपालीजनको चौतर्फी हकहितमा डटेर लाग्ने विश्वास दिलाउनुभयो।फाउन्डेशनका उपाध्यक्ष श्री सुवर्ण लामाले आफुले गिरीजावावुले भनेझैं सहमती, सहकार्य र एकताको वाटोहुँदै विश्वंभर छरिएर रहेकासमस्त नेपालीजनको हकहितमा जीवन समर्पित गरेको र फाउण्डेशन अमेरीका च्याप्टरले “सेवा नै धर्म हो” को अभियानमा सामाजिककार्यहरु गर्दै आएको वताउनुभयो। अन्त्यमा कार्यक्रम सफल पारीदिनुहुने समस्त अतिथिगणलाई धन्यवाद टक्र्याउँदै फ़ाउन्डेशनका प्रवक्ता श्री रामचन्द्र अधिकारी लेफाउन्डेशन अमेरीका च्याप्टरले कोरोना कहर लगायत विपदमा रहेका जोसुकैलाई निष्पक्ष सहयोग गर्दै आएको र आगामी दिनहरूमाअझ शसक्त ढंगले लागीपर्ने र नेपाललाई विश्वसामु चिनाउन नेपालीभाषीहरूलाई एकताको मालामा ल्याउन फाउन्डेशनको अझ दर्विलोभुमीका रहने विश्वास दिलाउनुभयो।












