बुटवल कालिका क्याम्पसमा तिज गित प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

बुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरमा रहेको बुटवल कालिका क्याम्पसमा तिज गित प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीहरु बिच भएको प्रतियोगितामा खुल्ला तिज गितमा नित्य प्रस्तुत गरेका थिए ।

प्रतियोगिता क्याम्पसमा संचालन भएका कक्षाहरु बि.बि.एस , बि.सि.ए र बि.एड गरि एउटै चरणमा निर्णय गरिएको थियो जसमा बि.एड. दोस्रो बर्षको खण्ड “बि” को संगीता जि.सिको समूहले प्रथम स्थान हासिल गर्दै नगद पुरस्कार रु पाँच हजार प्राप्त गरेका थिए भने दोस्रो स्थान बि.बि.एस दोस्रो बर्षको खण्ड “इ”को लक्ष्मी पाठकको  समुहले हासिल गर्दै रु तिन हजार हासिल गरेका थिए र तेस्रो स्थान बि.बि.एस चौथो बर्षको खण्ड “बि”को सुनिता गुरुङको समूहले हासिल गर्दै रु दुई हजार हासिल गरेका थिए । कार्यक्रममा दश वटा समूहले सहभागी जनाएको थियो भने सहभागी सम्पुर्ण समुहलाई प्रोत्साहन गर्दै रु एक हजार रुपैया पुरस्कार प्रदान गरेको कार्यक्रम संयोजक रेश्मिराज  शर्माले बताउनु भयो ।

यस किसिमको कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो संस्कृती धर्म अनि संस्कारको बारेमा समेत जानकारी दिन सजिलो हुने प्रमुख अतिथि क्याम्पस संस्थापक अध्यक्ष होम बहादुर गलामिले बताउनु भएको थियो ।

क्याम्पसकि शिक्षिका मुमाया थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस प्रमुख घनश्याम पाठक व्यवस्थापन संकाय संयोजक बुद्धिराम चौधरी र बि.एड संयोजक महेश पाण्डेले राख्नु भएको थियो र कार्यक्रमको संचालन नवनिता शाक्यले गर्नुभएको थियो ।