पाण्डबखानीमा अनुगमन 

प्रकाशित मिति:

सुरेश छन्त्याल, गलकोट- गलकोट नगरपालिका १० पाण्डबखानी माद्यामिक विद्यालयमा अनुगमन गरिएको छ । प्रशासनिक तथा शैक्षिक पक्षको सुक्ष्म अनुगमन तथा निरीक्षण गरी सुधार गर्नु पर्ने पक्षहरू बारे जानकारी गराउदै नगर शिक्षा अधिकृत शिव खड्काले सल्लाह सुझाव प्रदान गर्नुभएको थियो ।

सोहि कार्यक्रममा सामाजिक विकास समितिका संयोजक हिमबहादुर भण्डारी, नगर शिक्षा अधिकृत शिव खड्का, निवर्तमान वडाध्यक्ष तिलक घर्ती मगर तथा वि।व्य।अध्यक्ष मानसिह छन्त्याल, विद्यालय प्राचार्य नवीन सुनार लगाएत शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको थियो। त्यस्तै स्थानीय बालमैत्री शासन युक्त घोषणाका लागि वडामा रहेको गतिविधिबारे अनुगमन गर्दै बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णु प्रासद चौवेले वडा नगर घोषणाका लागि वडा तहगत खुड्किला मुल्यांकन तथा मापन बारे जानकारी दिनु भएको थियो । कार्यक्रममा गलकोट नगरपालिका शाखा अधिकृत तथा बालमैत्री फोकल प्रसन रामचन्द्र शर्मा, वडा सचिव ठाकुर तिमिल्सिना, वडा सदस्य हरि काउचा, मन कुमारी श्रीस, बाल मैत्री पाण्डबखानीका सहजकर्ता रामु शाहि र पत्रकार सुरेश छन्त्यालको सहभागीता रहेको थियो।