सामुदायिक पुस्तकालय संघको महासचिवमा स्याङ्जाका पाण्डे निर्वाचित

प्रकाशित मिति:

रत्ननगर, चितवन -नेपाल सामुदायिक पुस्तकालय संघको नयाँ कार्यसमितिको महासचिवमा राजेन्द्रप्रसाद पाण्डे निर्वाचित भएका छन् । सामुदायिक पुस्तकालयको छाता संगठन नेपाल सामुदायिक पुस्तकालय संघको मंगलबार चितवनको सौराहामा सम्पन्न १३ औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट मातृभूमि सामुदायिक पुस्तकालय बिर्घाका अध्यक्ष पाण्डे महासचिवमा निर्विरोध निर्वाचित भएका हुन्

संघको राष्ट्रिय भेलाले आगामी ३ वर्षे कार्यकालका लागि सन्तोष रावलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । वरिष्ट उपाध्यक्षमा भरत खड्का, प्रदेश उपाध्यक्षहरुमा क्रमश: प्रदेश १ बाट भीम कुमारी रावत, मधेश प्रदेशबाट भरत गिरी, बागमती प्रदेशबाट सुजता विष्ट, गण्डकी प्रदेशबाट लीला भण्डारी, लुम्बिनी प्रदेशबाट चेतकान्त भट्टराई, सुदुरपश्चिमबाट ज्ञानुराज विनाडी चयन भएका हुन् । यसैगरि सचिवमा बालकृष्ण थपलिया, कोषाध्यक्षमा सागर मिश्र सदस्यहरुमा लवहरी दाहाल, खड्गनारायण चौधरी, गंगा ढकाल, माधव भण्डारी, गोविन्द शर्मा, प्रतिक्षा चौधरी, पुष्पराज जोशी चयन भएकाछन् ।