सिद्धार्थ गाैतमकाे पवित्र जन्मस्थलीकाे नजिकै रूपन्देहीकाे सियारी गाउँपालिकाकाे लक्ष्मणगञ्जस्थित दुर्गा शैक्षिक गृह स्थापनाकाे छाेटाे समयमा नै शिक्षा र खेलकूद जगत्मा कीर्तिमानी कायम गरेकाे छ।वि.स.२०५९ सालमा स्थापित यस स्कुलले वि.स.२०७१/७२ र ७३ सालकाे राष्ट्रपति कप लगातार तीनपटक जितेर रनिङ् शिल्डसमेत सदाका लागि आप्नाे बनाउन सफल भएकाे छ।राष्ट्रपति कपलाई लगातार ३ चाेटि जितेर सदाकाे लागि आफ्नो बनाउन सफल रहेकाे रूपन्देही जिल्लाकाे याैटा मात्र विद्यालय दुर्गा शैक्षिक गृह नै हाे।अतिरिक्त क्रियाकलापअन्तर्गत खेलकूद र बाैद्धिक जगत्मा जिल्ला,क्षेत्र र राष्ट्रियस्तरमै ख्यातिप्राप्त याे शैक्षिक संस्था झण्डै १४ बिघाकाे क्षेत्रफलमा विस्तारित छ।निजी तथा आवासीय विद्यालयहरूमा नेपालमै लगभग सर्वाधिक बढी क्षेत्रफलमा विस्तीर्ण याे संस्थाका ३ वटा गाडीहरू र ३ वटा भीमकाय भवनहरू रहेका छन्।यस विद्यालयमा गाउँपालिकाहरूदेखि बुटवल उपमहानगर पालिकाका विद्यार्थीसमेत अध्ययन गर्न आउने गर्दछन्। चाहे रेप्सा महाेत्सव हाेस् चाहे सियारी शैक्षिक महाेत्सव हाेस् यसै विद्यालयका विद्यार्थीले नै अब्बलता कायम गरी बाजी मारेका छन्।जिल्लास्तरीय वक्तृत्वकला,कविता प्रतियाेगिता र अन्य अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरू प्रथम,द्वतीय र तृतीय स्थानमा परेकै देखिन्छन्। भाइबहिनीहरूकाे अङ्ग्रेजी भाषाकाे उच्चार्य सामर्थ्य र अङ्ग्रेजीभाषीसरह बाेल्ने कलाकाे विकासहेतु विद्यालयले बेलाबेलामम बेलायती र अमेरिकन भाषाविद्लाईसमेत बाेलाउने गरेकाे पाइन्छ।निजी तथा आवासीय विद्यालयहरूकाे तुलनामा भाैतिक पूर्वाधार तथा हरियाली दृश्यहरूकाे कुरा गर्दा दुर्गा शैक्षिक गृह नेपालकै अब्बल शैक्षिक क्षेत्रकाे काेटिमा पर्ने लगानीकर्ताहरूकाे ठहर छ।भाैतिक सम्पन्नताका साथसाथै गुणस्तरीय शिक्षामा कटिबद्ध याे संस्थाकाे प्रवेशिका परीक्षा र एस्. ई. ई.काे लगातारकाे नतिजा उस्तै अब्बल रहेकाे छ।सियारी गाउँपालिकामा प्रायः प्रथम र जिल्लामम अब्बल प्रतिस्पर्धीकाे रूपमा उभिन सफल दुर्गाशैक्षिक गृह एक मात्र यस्ताे स्कुल हाे जहाँका विद्यार्थीहरू शैक्षिक र खेलकूद सामर्थ्यलाई प्रदर्शन गर्न भारतलगायत जापान आदि देशहरूमा नियमित रूपमा सहभागी हुने गर्छन्।याे विद्यालयकाे एउटा मात्र उद्देश्य अन्तर्राष्ट्रिय जगत्मा खपत हुने दक्ष जनशक्तिको उत्पादन रहेकाे विद्यालयकी अध्यक्ष तथा मन्टेश्वरी शिक्षण पद्दति,सिपिएस् र आरसिसिटिम विधिकी अभियान्ता सुजाता ज्ञवाली भन्नुहुन्छ।संस्थाकी अध्यक्ष शिक्षा क्षेत्रमा दुई दशक बिताइसकेकी र बालमनाेविज्ञानलाई राम्राेसित बुझ्ने लामाे अनुभव संकेन्द्रण गरेकी शैक्षिक अभियान्ता हुनुहुन्छ।
विद्यालयका प्रमुख सल्लाहकार तुलसी ज्ञवाली भन्नुहुन्छ- “अन्तर्राष्ट्रिय जगत्मा खपत हुुन सक्ने दक्ष जनशक्तिकाे उत्पादनमा ऐनकेनप्रकारेण हामी लागेकाे र पूर्वप्राथमिक तहका लागि छुट्टाछुट्टै अत्याआधुनिक प्रविधिमैत्री थप पूर्वाधारकाे विकासमा विद्यालय प्रशानले गुरुयाेजनाकाे प्राथमिकतामा पहिलाे प्राथमिकतामा पारेकाे शैक्षिक परियाेजना छिट्टै कार्यान्वयनमा ल्याइने छ।”वहाँ भन्नुन्छ-” हाम्राे प्रतिस्पर्धा विश्वबजारसित छ;अबकाे शिक्षा सार्वजनीन हुनुपर्नेमा हाम्राे विशेष जाेड छ।अनुशासनलाई पहिलाे प्राथमिकतामा राखी नैतिक मूल्यमान्यतामा आधारित एक्काइसौं शताव्दीकाे विज्ञान र प्रविधिमा आधारित जीवनमुखी र व्यावसायिक शिक्षामा जाेड दिइँदै आइरहेकाे कुरा विद्यालयका निर्देशक एवं नेपाल सरकारका सेवानिवृत्त इन्जिनियर राजन ज्ञवाली बताउनुहुन्छ।विद्यालयका संस्थापक तथा प्रबन्ध-निर्देशक ज्ञवाली थप्नुहुन्छ-“विद्यालयलाई केही वर्षभित्र शिक्षक तथा विद्यार्थीलाई सहुलियत हुने गरी पूर्ण आवासीय बनाइने र प्रयाप्त खेलमैदान तथा स्मार्ट तथा प्राेग्रेसिभ शिक्षण अब तत्काल आरम्भ गरिने छ।”
दुर्गा शैक्षिक गृहका प्राचार्य अङ्ग्रेजी र नेपाली विषयका विशेषज्ञ वरिष्ट साहित्यकार कविराज पाैडेल भन्नुहुनुहुन्छ- “हामी अब्बल छाैँ।हाम्राे अब्बलता हाम्राे मिहिनेत र हामीबाट उत्पादित विद्यार्थीहरूले देखाएकाे शैक्षिक र खेलकूल उत्कृष्ट प्रदर्शन नै हाे।”कविराज पाैडेल यस क्षेत्रका बाैद्धिक हस्तीका रूपमा परिचित हुनुहुन्छ। आधा दर्जन जति पुस्तकहरू प्रकाशित भइसकेका छन्।वहाँ राष्ट्रियस्तरमै ख्यातिप्राप्त हुनुहुन्छ।वहाँका विषयमा एम्.ए मा थिसिस पनि लेखिएकाे छ।दर्जनाैँ संस्थाबाट अभिनन्दित हुनुहुन्छ।

विद्यालयका संयाेजक दिनेश केसी भन्नुहुन्छ -“हामी अब्बल हुनुका पछाडि हाम्राे अहाेरात्रकाे खटाइ हाे ।धेरैजसाे अभिभावकद्वारा हाम्राे संस्था नै रुचाइनु र प्रमुख छनाेटमा पर्नुकाे कारण हामीले दक्ष,अनुभवी, तालिमप्राप्त,प्रविधिमैत्री,शिक्षण पेशाप्रति उत्तरदायी,स्त:स्फूर्त चाहना र समर्पितलाई मात्र नियुक्त गर्ने कार्यले नै हाे।”यस शताब्दीमा शिक्षामा देखिएका आयमहरूमा अद्यावधिक हुनु साँचाे अर्थमा बालमैत्री शिक्षण गर्न सक्नु हाे।” अध्यक्ष ज्ञवाली भन्नुहुन्छ।पूर्व प्राथमिक र प्राथमिक तहसम्म सिपिएस् माध्यमबाट शिक्षण गरिएकाे र याे नयाँ शिक्षण विधिले बालमस्तिष्कलाई अत्युर्वर बनाएकाे र अभिभावकज्यूहरूकाे सतत स्नेहप्रति गर्व गर्नुहुन्छ।

काेरा किताबी ज्ञानमा मात्र बालबालिकालाई सीमित नराखी अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले साहित्यिक,सांस्कृतिक, सामाजिक,प्राविधिक बाल क्लबहरू खाेल्दै बालमस्तिष्ककाे सर्वाङ्गीण विकासमा दिलाेज्यानले लागिपरेकाे देखिन्छ।”गाे ग्रिन” अभियानलाई आत्मासाथ गर्दै विद्यालयले साममजिक सचेतनाका कार्यक्रमहरू विद्यार्थीहरूमार्फत बेलाबेलामम सञ्चालित गरेकाे देखिन्छ।दुर्गा शैक्षिक गृहले यस क्षेत्रमा गुणस्तरीय शिक्षाका माध्यमले शैक्षिक ज्याेति उद्दीप्त तुल्याइरहेकाे सबैकाे ठहर छ।










