चिन्ता किन लिनुहुँदैन ? हेर्नुहोस् नीति वचन !

प्रकाशित मिति:

चिन्तया जायते दुःखं नान्यथेहेति निश्चयी ।
तया हीनः सुखी शान्तः सर्वत्र गलितस्पृहः ।। – गीता

चिन्ताबाट नै दुःखको उत्पन्न हुन्छ । त्यसैले चिन्ता नलिई सम्पूर्ण इच्छाबाट मुक्त हुन सकियो भने सुख र शान्ति मिल्दछ ।

संसारमा मन नै दुःखको कारण हो । किनकि मनले अनेकौँ विषयवस्तुको चिन्ता गर्न अभिप्रेरित गरिरहेको हुन्छ । यसरी चिन्तित हुने मान्छेले सदा दुःखको भोग गर्ने गर्दछ । त्यसैले चिन्ताया जायते दुःखं भनिएको हो । निश्चिन्त रहने व्यक्तिले सुखको अधिक उपभोग गरिरहेका हुन्छन् । त्यसैले जीवनमा सुख र शान्ति प्राप्तिका निम्ति निश्चिन्त रहन सक्नुपर्छ भन्ने नीति वचन मननीय छ । नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्