मालिका बचत तथा ऋण सहकारी संस्था बुटवल ११ ले रक्तदान कार्यक्रम गरेको छ । सहकारीको ११ औं बार्षिकोत्सवको अबसरमा रक्तदान कार्यक्रम गरिएको हो ।सहकारीका अध्यक्ष शेर बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष सल्लाहकार लोकराज पोखरेल,सहकारीका उपाध्यक्ष चित्रबहादुर बर्मा,सचिब कपिल आचार्य , कार्यक्रम संयोजक बिमलराज घिमिरे,लेखा समिति सदस्य अर्जुन कुवर,लगायतले बोल्दै रक्तदान जस्तोपुण्य कर्ममा लाग्न सबैलाइ आग्रह गरेका थिए ।सो अबसरमा ५१ युनिट रगत संकलन भएको थियो ।सहकारीले प्रत्येक बर्ष रक्तदान लगायतका सामाजिक काम गर्दै आइरहेको छ ।










