पन्चनगर बजार बिकास समितिद्रारा फोहोर बर्गीकरण तालिम सम्पन्न

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
फाल्गुन १३ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको पन्चनगर बजार बिकास समितीले फोहोर वर्गीकरण सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ ।
तालीममा बोल्दै प्रमुख अतिथि बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकालाई सफा र सुन्दर नगर बनाउने लक्ष्यका साथ काम गरिएको बताउनु भयो । श्रेष्ठका अनुसार -“घरबाट निस्किने फोहोर घरमा नै व्यवस्थापन गर्न सके सफा र सुन्दर नगर बनाउन सकिन्छ ।” फोहोर व्यवस्थापन गर्न फोहोरको वर्गीकरण गरि फोहोरलाई कुहिने, नकुहिने र सिसा जन्य गरि व्यवस्थापन गर्न सकिने बताउनु भयो  ।
कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कबिराज आचार्य, ९ का अध्यक्ष चन्द्रकान्त चापागाईं, १० का कार्यवाहक अध्यक्ष बिस्वराज घिमिरे, ११ का वडा अध्यक्ष फरिन्द्र चौधरी बोल्दै फोहोर व्यवस्थापनमा आम नागरिकको महत्वपूर्ण भुमिका रहन्छ ।
घर घरबाट निस्किने फोहोरलाई  घरैमा वर्गीकरण गर्न सिकाउने उद्देश्यले फोहोर वर्गीकरण सम्बन्धि तालिम सञ्चालन गरिएको पन्चनगर बजार बिकास समितीका अध्यक्ष रामजि चापागाईंले बताउनु भयो ।  बर्दघाट वाड नम्बर ८,९,१० र ११ का वडा सदस्य, टोल बिकास समितीका सदस्यहरु र स्थानीय गरि दुइ सय जनाको उपस्थिति रहेको चापागाईंले जानकारी दिनु भयो । बजार बिकास समितिका उपाध्यक्ष जयस्वर भुसालले स्वागत र  महासचिव इन्द्रजित चौधरीले संचालन  गर्नु भएको थियो । कार्यक्रममा मनोज न्यौपानेले फोरोह व्यवस्थापन र वर्गीकरणमा सहजीकरण गर्नु भएको छ ।