प्रकाश न्यौपाने
फल्गुण १५
नवलपरासी । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एव संविधान सभा सदस्य बिक्रम खनालले जनतालाई स्वच्छ खानेपानी दिनु राज्यको दायित्व भएको बताउनु भयो । नेपालको संविधान २०७२ को भाग ३ को धारा ४४ मा उपभोक्तको हक सम्बन्धि गरिएको व्यवस्था अनुसार गुणस्तर बस्तु तथा सेवाको हक हुने व्यवस्था गरेको बताउनु भयो । पन्चनगर खानेपानी तथा सरसफाइ सस्थाको १२ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले खानेपानीका बिषयमा सरोकारवाला पक्षहरु गम्भीर भइ उपभोक्तको माग अनुसार २४ सै घण्टा शुद्ध खानेपानीको व्यवस्था गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बिशिस्ट अतिथि लुम्बिनी प्रदेशका प्रदेश सदस्य बिश्वप्रेम पाठक खानेपानीको बिषयमा अत्यन्तै सबेदशिल भएकाले उपभोक्तलाई स्वस्च्छ र गुणस्तर हुने पर्ने बताउनु भयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख गुणनिधी पोखरेलले पन्चनगर खानेपानी सस्थाले माग अनुसार नया संरचनाको डिपिआर गरिएको बताउनु भयो । उहाका अनुसार -” नया संरचना अनुसारको डिपिआर गरिसकेका छौ । ” हाल बजेट अभावका कारण डिपिआर अनुसार टंकीको ठेक्का गर्न नसकिएको बताउनु भयो ।
धारा जडान गर्न नसक्नेलाई नगरले सहुलियतमा प्रदान गर्ने र बर्दघाट बासीलाई एक घर एक धारालाई अभियानको रुपमा अगाडि बढाइ नगरमा वास युनिट बनाइने बताउनु नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । नेपाली काङ्ग्रेस क्षेत्र १ का क्षेत्रीय सचिब बालिन्द्र बिक्रम शाही, नेकपा एमाले बर्दघाट नगर अध्यक्ष रबिन्द्र बिक्रम हमाल बर्दघाट १० का वडा अध्यक्ष राजु मिश्रलगायतले बोल्दै उपभोक्तको इच्छा र आकाक्षा अनुसार गुणस्तर पानी नियमित पानी आपूर्ति गर्नु पर्ने आजको आवश्यकता रहेको धारणा राख्नु भएको छ । कार्यक्रममा सस्थाका अध्यक्ष यम बहादुर क्षेत्रीले अध्यक्षको प्रतिबेदन पेस गर्दै आगामी आर्थिक बर्षका लागि भावी कार्य योजना प्रस्तुत गर्नु भएको छ । सचिब शरद पौडेल र कोषाध्यक्ष सृजना थापाको आर्थिक प्रतिबेदन पारित भएको छ ।

कार्यक्रममा अध्यक्ष यम बहादुर क्षेत्रीको अध्यक्षतामा, उपाध्यक्ष राम नारायण चौधरीको स्वागत र सचिब शरद पौडेलको संचालन रहेको छ । ल २ हजार २ सय ८३ जना घर धुरुमा धारा जडान रहेका छन । उक्त अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा प्राबिधिक सहायक निम नारायण चौधरी र जग्गा दाता सुर्य प्रकाश अधिकारी सम्मान गरिएको छ ।












