तिलोत्तमा/रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सञ्चालित समुदायमा सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा सुरक्षा निकाय सडकडिभिजन कार्यालय,यातायात व्यवसायी लगाएत संस्था कार्यालयहरु संग आज सुक्रबार बैठक तथा छलफल गरेको छ। नगरपालिकाकोसभाहलमा राखिएको बैठकमाअभियानको विषयमा जानकारी दिलाउदै नगरपालिकामा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न नगरपालिकालाई ‘नो हर्न’ नगरपालिकाघोषणा गर्न घोषणा गर्न लागिएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी गराए ।

सुरक्षा निकाय सडक डिभिजन कार्यालय,यातायात व्यवसायी लगाएत संस्था कार्यालयहरु संग नगरपालिकाले हरियाली प्रवर्द्धन एवंसरसफाइ अभियानको एक सयौँ शङ्खलाका विषय मा नगरपालिकाले सरोकार वालाहरुलाई जानकारी गराउदै विविध कार्यक्रमकोतयारी गरेको नगर प्रमुख राम कृष्ण खाणले जानकारी गराउनु भयो ।
नगर उप प्रमुख जागेश्वरी चौधरीले अरुले फालेका फोहोर उठाउन भन्दा पनिनगरवासि सबैले आफ्नो फोहोर आफैले सफा गर्न लागेमा नगर सफा सुन्दर रहरियाली हुने बताउनु भयो।रुपन्देही प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले दुर्घटना न्युनिकरणकोलागि सडकमा राखिने लाईटको बारेमा अध्ययन गर्न आग्रह गर्नु का साथै सडकपेटिमा गरिने सवारी पार्किङ,व्यापारीक तहले राखिएका मालबाहक सामानहरुलेपनि सडकमा असुविधा सृजना गरेको हुदा सो सम्बन्धी अनुगमन गर्न आग्रह गर्नुभयो।साथै हाटबजारमा बिक्रि भएका खाद्य बस्तु साथै अन्य सामाग्रिहरुकोगुणस्तरको बारेमा पनि नगरपालिकाले अनुगमन गर्न आग्रह गर्नु भयो।












