फागुन – राष्ट्र र सन्ततिका भविष्यको निर्माणका लागि अग्रहरी समाज भन्ने मुलनाराका साथ राष्ट्रिय अग्रहरी समाज नेपालको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा बोल्ने बक्ताहरुले अग्रहरीहरुको पहिचान अस्तीत्वका लागि सवै एक भएर लाग्नुपर्ने बताएका छन । अग्रहरी बंस अल्पसंख्यक हुदा हुदै पनि राज्यले दिने सेवासुविधा बाट बन्चित रहेको भन्दै अग्रहरी लाई अल्पसंख्यक सुचिमा तत्काल राख्न माग समेत गरेका छन । रुपन्देहि , कपिलबस्तु,नवल परासि , मोरङ,बारा पर्सा ,काडमाडौ लगाएतका जिल्लामा अग्रहरी हरुको बसोवास रहेको छ । देशभर गरी झण्डै आठ हजार अग्रहरी हरुको जनसंख्या रहेको अनुमान रहेको छ ।
सरकारी जातिय तत्थ्याङकमा समेत न आउने अग्रजातिको स्पष्ट रुपमा आप्नो जातिको पहिचान हुन नसक्दा समाजमा अप्ठारो परेको उनिहरुको भनाई रहेको छ । कार्यक्रममा समाजका संस्थापक केन्द्रीय अध्यक्ष डाक्टर योगेन्द्र अग्रहरीले समाजको कार्यप्रगति कार्ययोजना प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । डाक्टर योगेन्द्र अग्रहरीले आप्नो राष्ट्र र सन्ततिकालागि केहि योगदान गरौ राज्यबाट पाउने सेवा सुविधा गरिव तथा विपन्नका लागि दिलाउने हजारौ बर्षको इतिहास बोकेको अग्रहरी जातिको अस्तित्व नहुने अबस्थामा पुगेको पुर्खौलि पहिचान खोज्नु समाजको पहिलो उद्देश्य रहेको बताउनु भयो । कार्यक्रममा प्रफेसर वद्रि बिशाल अग्रहरी, सुरेन्द्र अग्रहरी राजेन्द्र अग्रहरी नागेन्द्र अग्रहरी आदित्य अग्रहरी सियाराम अग्रहरी लगायत ले बोल्दै अग्रहरी वंसलाई आप्नो पहिचान बनाउन पनि पिछडा बर्गमा अल्पसंद्ययकको सुचिकृतमा राखेर संरक्षण गर्नु पर्ने बताउनु भएको छ । उहाँ हरुले अग्रहरी समाजले छोटो समयमा उदारणीय काम गरेको बताउनु भयो । समाजले समाजमा योगदान पुराउने गरी आगामि बर्षका लागि योजना बनाएको छ । समाजले गरिव तथा विपन्न बस्तीमा स्वास्थ्य सिविर गर्ने रक्तदान गर्ने समस्यामा परेका हरुलाई सहयोग गर्ने राज्यसंग आप्ना माग राख्ने लगायतका योजना बनाएको महासचिव रविन्द्र अग्रहरीे जानाकारी दिनु भयो । कार्यक्रममो पाचजनालाई समाजको मानार्थ सदस्यता तथा ३५ जनालाइ आजिवन सदस्यता प्रदान गरेको छ । उपाध्यक्षद्धय मायाँ अग्रहरीको स्वागत तथा ओमप्रकास बानिया संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
राष्ट्रिय अग्रहरी समाज नेपालको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनले डाक्टर योगेन्द्र अग्रहरीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षद्धय मायाँ अग्रहरी , पारस नाथ बनिया , महासचिव रविन्द्र अग्रहरी सचिव ओम प्रकास बनिया कोषाध्यक्ष इन्जिनियर दिलिप अग्रहरी रहनु भएको छ । यसै गरी सदस्यहरुमा दिलिप अग्रहरी रेनु अग्रहरी बालगोविन्द अग्रहरी राधेश्याम अग्रहरी चन्दीका अग्रहरी रहनु भएको छ । प्रथम अधिबेशनले कानुनि सल्लाकारमा दिपक गुप्ता लाई चयन गरेको छ । तेस्तै राष्ट्रिय अग्रहरी समाज नेपालको प्रथम अधिवेशनले वद्रि विशाल गुप्ता ,सुरेन्द्र अग्रहरी जोगिन्दर अग्रहरी,अग्नी अग्रहरी ,राजेन्द्र अग्रहरी,नागेन्द्र अग्रहरी,आदित्य अग्रहरी,प्रविण अग्रहरी रहेको सल्लाकार समिति पनि चयन गरेको छ ।












