कञ्चनमा महिलाहरुको क्षमता तथा संस्थागत बिकासका लागि ४ दिने तालिम शुरु

प्रकाशित मिति:

चैत्र, कञ्चन/जगी लाल थापा-रुपन्देहीको कञ्चन गाउपालिकामा पालिकाका महिलाहरुको क्षमता तथा संस्थागत बिकासका लागि ४ दिने संस्थागत नृतृत्व तथा क्षमता बिकास सम्बन्धी ४ दिने उद्घोषण तालिम सञ्चालन भएको छ। तालिमको उद्घाटन कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले गर्नु भयो।तालिमको उद्घाटन गर्दै अध्यक्ष ढकालले मानविय बिकास विना भौतिक बिकासको कसैले पनि अपनत्व गर्न नसक्ने बताउनु भयो। जव भौतिक बिकासको शुरुवात भयो तव देखि नै मानविय बिकासको समेत कल्पना गरिएको उल्लेख गर्दै अध्यक्ष ढकालले सवल कञ्चन बनाउन भौतिक बिकास र भौतिक बिकालाई दिगो बनाउन मानविय बिकासको आवस्यकतालाई मध्यनजर गर्दै महिलाहरुको क्षमता बिकासका लागि तालिम सञ्चालन गरिएको बताउनु भयो।

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्दै गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले समाज रुपान्तरणमा महिलाहरुको भुमिका निकै महत्वपुर्ण हुदै आएको र हरेक समयानुकुल हरेक महिलाहरुको संस्थागत नेतृत्व र क्षमता बिकासमा समेत जोड दिन आवस्यक रहेको बताउनु भयो। कार्यक्रमको अध्यक्षता गर्दै गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनका हरेक महिलाहरुको संस्थागत नेतृत्व बिकास हुन सकेन र वाककला भएन भने आफु भित्र भएका परिवर्तनका सोंचहरु गर्भमै रहने उल्लेख गर्नु भयो। तालिम लिनुको अर्थ सिप बिकास गर्नु भएकोले सिकेको सिपलाई आफ्नो ठाउमा रहेर आफु सम्बद्ध संस्थाहरुको बिकासमा लाग्नु पर्ने समेत उपाध्यक्ष थापा मगरले जोड दिनु भयो।तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई स्वगत गदै कार्यपालिका सदस्य तथा प्रवक्रा चित्र तुलाचनले सवल र नेतृत्व क्षमता भएका महिलाहरुले नेतृत्व गरेको संस्थाले तुलनात्मक रुपमा संस्थागत बिकास भएको उल्लेख गर्नु भयो।

तालिममा सहभागी महिला दिदि बहिनीहरुले आफु सम्बद्ध संस्थाहरुलाई सवल रुपमा नेतृत्व गर्नु पर्ने र सिकेको सिपलाई अन्य सदस्य र छिमेकी महिला दिदि बहिनीहरुलाई सिकाउनु पर्ने प्रवक्ता तुलाचनले बताउनु भयो। महिलाहरुमा बक्तृत्व, नेतृत्व बिकास संगसंगै उद्यमशिलताको समेत बिकास गर्न प्रवक्त तुलाचनले जोड दिनु भयो।कञ्चन गाउपालिका महिला बालबालिका शाखा प्रमुख तथा सहायक महिला बिकास निरीक्षक राधा भट्टराईले सञ्चालन गर्नु भएको कार्यक्रममा कञ्चन गाउापालिकामा कृयाशिल बिभिन्न संघसंस्थाका करिब ७५ जना महिलाहरुको सहभागित रहेको छ। कञ्चन गाउपालिकाको आयोजनामा सञ्चालित ४ दिने तालिममा साझा टेलिभिजनका नविन घिमिरे, रेडियो कञ्चनका गोविन्द आचार्य, उज्यालो पोष्टका रमेश गैरे लगायत प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गर्नु हुने छ।

थप समाचार