क्षत्री समाजद्रारा नेपाली क्रीकेट टिमका कप्तान पौडेललाई सम्मान

प्रकाशित मिति:

 

चैत ७
नवलपरासी । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई क्षत्री समाज नवलपरासीद्रारा एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ । बर्दघाट नगरपालिका वडा नम्बर १४ मा स्थायी बसोबास भएका पौडेललाई नगरपालिकाले सि.डब्लु.सि लिग टु अन्तरगत उच्च प्रदर्शन गर्दै विश्वकप क्वालिफायरमा छनोट भई सिङ्गो राष्ट्रको सान बढाएको समाजका जिल्ला अध्यक्ष मनोज कुमार कार्कीले बताउनु भयो ।

सम्मान कार्यक्रममा केन्द्रिय सदस्य लाल बहादुर अधिकारि, लुम्बिनी प्रदेश सदस्य यम बहादुर क्षत्री, नवलपरासी जिल्ला अध्यक्ष मनोज कुमार कार्की, जिल्ला सचिब यम बहादुर खत्री लगायतले सम्मान व्यक्त गर्दै कप्तान रोहितकुमार पौडेलको योगदानले खेल क्षेत्रले थप उचाइ हासिल गर्ने सफल भएको बताउनु भयो । कार्यक्रममा क्षत्री समाजका जिल्ला कार्यसमितिको सम्पुर्ण टिम नेपाली पोशाकमा उपस्थित भएको थियो ।