प्रमोद सहनी रौतहट-डिप्लोमा ईन कृषि बाली बिज्ञान सन्कायमा तेश्रो बर्ष अध्यन पूरा गरि जान लाग्नु भएका प्यारा विद्यार्थी भाइ बहिनिहरु
सर्व प्रथम यश शिक्षालयका कृषि बाली बिज्ञानका कार्यक्रम सम्योजक सुशील नारायण साह,प्रशिक्षक महेश्वर मिश्रा,यस शिक्षालयमा कार्यरत अंग्रेजी प्रशिक्षक रामानन्द प्रसाद यादव,त्यसैगरी हाम्रा अन्य प्रशासनिक अन्य कर्मचारीहरु,फेरि पनि दोहोर्याए आजका कार्यक्रमको केन्द्र बिन्दुमा बसेर सर्व प्रथम तपाईहरुलाई स्वागत गर्याझैं आज बिदाई गर्नुपर्ने दिन भएको हुनाले मन दुखिरहेको छ।
शिक्षालयमा ३ बर्षसम्म पढेर छोडेर जान लाग्नु भएकोमा निश्चित रुपमा मन दुखिएको छ,मन भारी भएको छ।३ बर्षसम्म यस शिक्षालयका कृषि बाली बिज्ञान संयोजक सुशिल नारायण साह, प्रशिक्षक महेश्वर मिश्रा,प्रशिक्षक अनुज आनन्द मन्डल,रामरुप यादव, गोबिन्द महतो,प्रशिक्षिका रिता साह,लेखा अधिकृत पार्वती सन्ज्याल, सहायक प्रशासन प्रमुख सन्तोष यादव र कविता साह,वहाँहरुबाट केही कमजोरिहरुलाई तपाईहरुले बिर्सिनुहुन्छ भनेर आशा गर्छु र शिक्षालय प्रमुखको तर्फबाट मैले कुनै कार्यहरु हिसाबले यदि नराम्रा शब्दहरु बोलेको छु भने तपाईहरुकै हकहित भविष्यकोलागी बोलेको छु र नराम्रा कुराहरु बिर्सेर जानुहुनेछ भनेर आशा गर्दछु र तपाईहरु बिदाई भएर जान लाग्नु भएको निश्चित रुपमा हामिले एउटा अध्याय पूरा गरिसकेका छौ र आगामी ४ बर्ष राम्ररी अध्ययन गर्नुहुन्छ यसै कृषि सेक्टरमा कार्यरत,सेवा गर्नुहुन्छ भनेर आशा लिएको छु र चाडै भन्दा चाडै सेवामा प्रवेश होस भन्ने शुभ कामना पनि दिन चाहन्छु।
हामी भित्र भएका तितामिठा कुराहरुमा मिठा कुराहरुलाई मात्र जान्नुहुन्छ र यस शिक्षालयमा पढिरहदा खेतिपाती,धेरै प्रकारका बोटबिरुवा, सागसब्जी बेला बेलामा लगाउनु भएका क्रियाकलाप हामी सधैं सम्झिन्छौ,तपाईं आफ्ना जुनियर विद्यार्थी भाईबहिनिहरुलाई राम्रा कुराहरु भनिदिनुहोला,राम्रा अभ्यासकालागी भनिदिनुहोला,सफलताको खोजिमा हिडिसक्याछौ सफल भैइरहेका छौ र एक दिन हामी यो जय किसान बहु प्राविधिक शिक्षालयको अगाडि नमुना जय किसान बहु प्राविधिक शिक्षालय चाडैं घोषणा गराउछौ भनेर बताएका छन।यसै गरी यसै विद्यालयका विद्यार्थी म प्रमोद कुमार सहनी यस शिक्षालयबाट छुट्टिँदा मन खिन भइरहेको छ । विदाई शब्दमा नै नरमाइलो र भावनामा लिप्त भएको छु।शिक्षा लिने क्रममा हामीबाट केही गल्ती भएको छ भन्ने त्यो गल्तीहरू अन्जानमा भएको गल्ती सम्झी माफ गरिदिनु हुन सम्पुर्णमा अनुरोध गर्दछन् । जय किसान बहुप्राविधिक शिक्षालय धरहरी, रौतहटमा यस शिक्षालयका कृषि वाली विज्ञानको दोस्रो ब्याचको बिदाईको क्रममा विद्यार्थी प्रमोद सहनीको यो मनोभावना हो ।
शिक्षालयमा ३ वर्ष सम्म अध्ययन गरी रहदा पढाई मात्र होइन पढाई लगायत अन्य थुप्रै कुराहरु पनि सिक्ने अवसर प्राप्त गरे। मलाई लाग्छ यस्तो अवसरहरू विश्वविद्यालयमा पनि प्राप्त गर्न सकिँदैन र यस्तो अवसर प्राप्त गर्नु भनेको हामी विद्यार्थीहरुको ठूलो भाग्य हो।हामीलाई देखाउने भएको असल बाटोहरू सकेसम्म कहिले विराउने छैनौं । यो विदाई समारोह निरन्तर चलिआएको प्रक्रिया हुनाले हामी यस शिक्षालयबाट औपचारिक रूपमा टिका र खाधा लगाएर जाँदै छौं । कृपया यसलाई विदाई नसम्झी आफूले आफ्नो समय आएपछि स्थान छोडेर उच्च शिक्षा हासिल गर्नको लागि मात्रै बुझिदिनु होला ।यस शिक्षालयबाट विदाई भएर गइसकेपछि पनि हाम्रो माया ,मानव, स्नेह यस शिक्षालय प्रति सदैव रहने छ। जुन ठाउँमा भए पनि हामी सधैं गुरुहरुलाई सम्झिने छु भनेर विदाईको क्रममा विद्यार्थी प्रमोद सहनी ले बताए ।कृषि वाली विज्ञान विभागिय प्रमुख सुशिल नारायण शाह, अभिषेक मिश्रा, रामानन्द यादव तथा यस शिक्षालय परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालिका कृषि बाली विज्ञान संकायका अध्यनरत बिधार्थी लक्ष्मी रहेकी थिइन्। विदाई कार्यक्रम समारोह आयोज कृषि बाली बिज्ञान पहिलो वर्ष दोस्रो वर्ष र तेश्रो वर्षका विद्यार्थीहरुले आयोजना गरेका थिए।












