काठमाडौं, वैशाख – एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायामाझी पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार रायमाझी आइतबार साँझ पक्राउ परेका हुन्।रायामाझीलाई काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
वैशाख २० मा प्रहरीले पक्राउ पुर्जी जारी गर्दा अर्घाखाँचीमा रहेका रायामाझीले बुटलब फर्किएपछि फरार भएका थिए। नक्कली भुटानी शरणार्थी प्रकणमा उनका छोरा सन्दीपलाई सोही दिन बुटबलबाट पक्राउ गरियो।यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायत १२ जना प्रकाउ परेका छन्।रामबहादुर थापाका छोरा प्रतीक, पूर्वसभासद आङटावा शेर्पाविरुद्ध आइतबार नै प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।












