प्रकाश न्यौपाने
जेष्ठ ४ गते ।
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा निमार्ण गर्ने भनिएको बहुचर्चित ट्रमा सेन्टर निमार्णको लागि स्थान तय गरी टेन्डर पक्रिया अगाडी बढाउन पाच दलले माग गरेको छ ।
आज विहीबार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टि, नेकपा एकिकृत समाजवादी, क्रान्त्रिकारी कम्युनिष्ट पार्टि नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टिले संयुक्त रुपमा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठलाई ज्ञापन पत्र बुझाउदै माग गरेका छन ।
एमालेका नगर बर्दघाट कमिटी अध्यक्ष रविन्द्र विक्रम हमाल, रास्वपाका नगर कमिटी अध्यक्ष प्रकाश रिमाल, क्रान्तीकारी कम्युनिष्ट पार्टिका जिल्ला कमिटि सदस्य चरामणी भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टिका नगर कमिटि अध्यक्ष गुप्त बहादुर शाहीको हस्ताक्षरमा ज्ञापन पत्र बुझाइएको छ ।
ज्ञापन पत्रमा आजको मितिसम्म पनि कुन स्थानमा ट्रमा सेन्टर निमार्ण गर्ने भन्ने कुराको ठोस कार्यान्वयन हुन नसक्दा विवाद भई नगरपालिका रुमलिएको देखिँदा ट्रमा सेन्टर नै नबन्ने र गुम्ने खतरा देखिएको जनाइएको छ । ज्ञापन पत्रमा नगरपालिकाको वडा नम्बर २ र वडा नम्बर ४ को स्थान ट्रमा सेन्टरको लागि उपयुक्त हुने भन्दै अविलम्ब पक्रिया अगाडी बढाउन आग्रह गरिएको हो ।
ज्ञापन पत्र बुझेपश्चात बर्दघाट नगर प्रमुख श्रेष्ठले बर्दघाट नगर बासीले अबको दुई दिनमा खुसिको खबर सुन्न पाउने बताउनुभएको छ । तर, उहाँले ट्रमा सेन्टर चिसापानी वा भुताहामा निमार्ण हुने भन्ने चाँही खुलाउनुभएन ।












