जिफण्ड घोराहीको अध्यक्षमा बसन्त चौधरी चयन

प्रकाशित मिति:

विमल योगी- दाङ जेठ । नेपाल ट्रेड युनियन महासंघ जिफण्ड घोराहीको अध्यक्षमा बसन्त चौधरी चयन हुनुभएको छ । जिफण्ड लुम्विनी प्रदेश कमिटिका सदस्य गोविन्द पौडेलको अध्यक्षतामा घोराहीमा सम्पन्न श्रमिकहरुको भेला चौधरीको अध्यक्षतामा ९ सदस्यीय घोराही नगर कमिटि चयन गरेको हो । कमिटिको उपाध्यक्षमा दिपक बनियार,सचिवमा अर्चना चौधरी,सदस्यहरुमा कुमारी चौधरी,श्रीराम चौधरी,रोशन थापा,भक्त बहादुर चौधरी,गया प्रसाद घिमिरे र सिता विसी रहनुभएको छ ।

भेलामा बोल्दै जिफण्डका केन्द्रिय उपाध्यक्ष तथा सामाजिक सुरक्षा विभाग प्रमुख कमल गौतमले निजि क्षेत्रमा काम गर्ने श्रमिकहरुको पारिश्रमिक अत्यन्त न्यून हुँदा जिवनयापनमा समस्या भएकाले समायानुकुल तलवको व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले सवै श्रमिकहरुलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनका लागि रोजगारदाता कम्पन्नीहरुलाई दवाव दिनुपर्ने समेत बताउनुभयो । भेलामा नेपाल स्वास्थ्य स्वयंसेविका संघका केन्द्रिय सदस्य माया चौधरीले पनि बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन महिला स्वास्थ्य स्वयंसेविका अश्मिता अधिकारीले गर्नुभएको थियो ।

((