बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

प्रकाशित मिति:

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ९बालेन० साहले कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखिएको छ।भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश गरेर ‘अखण्ड भारत’को मुरल राखेपछि नेपालमा विरोध भइरहेका बेला बालेनले आज बिहीबार सभागृहस्थित आफ्नो कार्यकक्ष आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राख्न लगाएका हुन्।

यसअघि त्यहाँ नेपालको थ्रिडी नक्सा थियो। मेयर साह यतिबेला भारत भ्रमणमा छन्। भारत जानुअघि उनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएको र आज नक्सा राखिएको स्रोतको भनाइ छ।कांग्रेस महामन्त्री गगन थापाले बिहीबार नै विराटनगरमा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताएका थिए।भारतले जेठ १४ गते उद्घाटन गरेको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को नक्सा राखेको थियो। सो नक्सामामा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्र समेत समेटिएका छन्।