प्रकाश न्यौपाने
जेठ २८ गते
नवलपरासी
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले बिकासको कुनै जात र पार्टी नहुने बताउनु भयो । उहाले पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ को विकासका लागि व्यवस्थित रुपमा कामको सुरुवात भएको बताउनु भयो ।
आइतबार परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले विभिन्न अवरोध र असहयोगलाई चिर्दै सकारात्मक सोचका साथ प्रतिवद्धतापूर्ण रुपमा यो क्षेत्रको विकासका लागि काम गरेका छौं । म निर्वाचित भएको ६ महिनामै त्यसको परिणाम तपाईहरु सबैले देख्नुभएको छ ।’
नवलपरासी १ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले चुनावी प्रतिवद्धता कार्यान्वयनमा आफू इमान्दार भएको बताउनु भयो । ‘यहाँका नागरिकले मलाई निर्वाचित गराएर ऋण लगाउनुभएको छ । मतदाताको ऋण म सधैं सम्झिरहेको छु । चुनावी प्रतिवद्धता कार्यान्वयनका लागि एउटा सिस्टमको निर्माण गरेको छु र उपलब्धीलाई संस्थागत गर्न म सदैव सक्रिय छु,’ उहाले भन्नु भयो -वर्षाैदेखि समस्याका रुपमा रहेको गण्डक आयोजनाको कामले तीब्रता पाएको बताउनु भयो । ‘हरेक वर्ष मनसुन आउने वित्तिकै स्थानीय त्रासदीमा बाँच्ने अवस्था थियो । अहिले ८० करोडको लागतमा बिसौं वर्षसम्म विग्रेर रहेका बाँध तथा ठोकरहरुको मर्मत सम्भारको काम तीब्रताका साथ अगाडि बढेको छ,’ उहाले थप्नु भयो, ‘सरोकारवालाहरुले पनि भन्न थालेका छन्, अब बाढीको चिन्ता गर्नुपर्दैन । डुवान र कटानको समस्याको दीर्घकालीन स्थायी समाधानका लागि मास्टरप्लान निर्माण कार्य अगाडि बढेको छ ।’
सांसद चौधरी निर्वाचित भएपछि नारायणघाट–बुटवल सडकखण्डको निर्माण कार्यले तीब्रता पाएको छ । ५४ महिनाको दौरानमा १७ प्रतिशत मात्रै काम सम्पन्न भएको पूर्वपश्चिम राजमार्ग अन्तर्गत यो सडकखण्डमा पछिल्लो एक महिनामा तीन प्रतिशत बढि काम भएको छ । अबको आठ महिनाभित्रै नवलपरासीखण्डको सडक निर्माण सम्पन्न हुने प्रतिवद्धता ठेकेरदार कम्पनीले आफूसँग गरेको सांसद चौधरीले पत्रकार सम्मेलनमा बताउनु भयो ।
त्यस्तै तराई मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्गको काम अगाडि बढेको सांसद चौधरीको दावी थियो । ‘विभिन्न प्रकारका अवरोधको भूमरीमा परेको हुलाकी राजमार्गको काम अहिले अगाडि बढेको छ । विगतमा एकले अर्कालाई दोषारोपण गर्ने काम भएको थियो । अब यो काम सुचारु भएको छ,’ उहाले भन्नु भयो ।
उहाले केराको उत्पादन, बीउ र बजारीकरणका विषयमा पनि आफूले काम गरिरहेको बताउनु भयो । विगतमा केराको वीउ अर्काे मुलुकबाट आयात गर्नुपर्ने अवस्था रहेकोमा नवलपरासीमै वीउ उत्पादन हुन थालेको सांसद चौधरीले उल्लेख गर्नु भयो ।
हरेक महिना आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने चौधरीले विकासका आयोजना र कामका बारेमा सरोकारवाला पक्षसँग संवाद गर्ने गरेका छन् । विकास निर्माणका काममा भएका प्रगति र समस्याका बारेमा उहाले छलफल गर्दै आउनु भएको छ ।
‘म हरेक महिना जिल्ला आउँदा विकास निर्माणका कार्ययोजनाका विषयमा छलफल र संवाद गर्ने गरेको छु । कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन सरोकारवाला निकायसँग सहजीकरणका लागि सबैसँग सामूहीक छलफल गर्ने गरेका छौं,’ उहाले भन्नूहुन्छ ले भने, ‘आँखामा केवल विकासको लक्ष्य लिएर अगाडि बढेका छौं । हामीले विकासमा काममा पार्टी हेरेका छैनों, न व्यक्तिको अनुहार ।’
चुनावका बेला ६ महिनामा भूमीहीनलाई लालपूर्जा वितरण गर्ने प्रतिवद्धता कार्यान्वयनमा आइसकेको उनको भनाई थियो । त्यस्तै नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरिसकेपनि अदालतमा मुद्धा परेका कारण कार्यान्वयनमा आउन ढिलाई भएको प्रष्ट पारे । उनले नवलपरासी १ को विकासका लागि परियोजनाको छनौट गरेको र त्यसमध्ये १५ गौरवका आयोजनाको चयन भएको बताउनु भयो ।
पत्रकार सम्मेलनमा कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति मुकुल आचार्यले सांसद चौधरीको जितपछि व्यवस्थित रुपमा विकासको काम अगाडि बढेको बताउदै उहाले विगतमा विकास निर्माणमा हुने अवरोधलाई हटाएर सांसद चौधरीले सबै पक्षसँगको समन्वयमा काम गर्ने गरेको बताउनु भयो ।












