जिसन नवलपरासीद्रारा दुई दिने शिक्षण तालिम सम्पन्न

प्रकाशित मिति:

प्रकाश न्यौपाने
जेष्ठ ३० गते
नवलपरासी । पश्चिम नवलपरासीमा रहेको जिसन नवलपरासीले प्री-प्राइमरी तहमा पढाउने शिक्षक शिक्षिकालाई दुइ दिने तालिम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति घनश्याम न्यौपानेले शिक्षा दिने र ज्ञान दिने कुरा फरक भएको बताउदै
सिकाइलाई गुणस्तरयुक्त बनाउनु पर्ने आजको आवश्यकता रहेको बताउनु भयो । शिक्षकहरुले विद्यार्थीहरुको प्रतिभा पहिचान गर्नु पर्ने र प्रतिभावान विद्यार्थीलाई प्रतिभाको प्रस्फुटित गर्न सक्ने बतावरणको सिर्जना गर्नु पर्ने आजको आवश्यकता रहेको बताउनु भयो ।
जिसन नवलपरासीका पुर्व अध्यक्ष इन्द्रबहादुर गुरुङले बोल्दै जिसनले गर्ने हरेक कार्यक्रमको लक्ष्य पृथक रहेको बताउदै जिसनले दिएको तालिमलाई कक्षा कोठाको शिक्षण सिकाइमा प्रस्तुत गर्नु पर्ने बताउनु भयो ।

२० वटा बिद्यालयमा अध्यपन गराउने करिब १०८ जना तालिम दिएको जिसन नवलपरासीका अध्यक्ष डम्बर बहादुर गुरुङले बताउनु भयो । कार्यक्रममा जिसनका पुर्व अध्यक्ष यम बहादुर थापा, पत्रकार कुस्मकर ढकाल लगायतले बोल्नु भएको छ । जिसनका अध्यक्ष डम्बरबहादुर गुरुङको अध्यक्षता रहेको कार्यक्रममा सचीव यज्ञ प्रसाद न्यौपानेले संचालन गर्नु भएको छ ।