रेडक्रस रुपन्देहीद्धारा स्वर्ण र रजत पदकसहित रक्तदाताहरु सम्मानीत

प्रकाशित मिति:

हरिश ढकाल-। बिश्व रक्तदाता दिवशका अवसरमा नेपाल रेडक्रस सोसाईटी रुपन्देहीले भैरहवामा एक कार्यक्रमको आयोजना गरि उत्कृष्ठ रक्तदाताहरुलाई स्वर्ण पदक, रजत पदक र सम्मानपत्रले सम्मान गरेको छ । स्वर्ण पदकद्धारा सम्मानित हुनेहरुमा ५० पटक रक्तदान गरेका नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष दया सिलवालसहित रेनुका श्रेष्ठ, जानकी नेपाल, अनुप थापा र ईश्वरी गौतमलगाएत रहेका छन् ।
यसैगरि रजत पदक पाउनेहरुमा ३४ पटक रक्तदान गरेका गुप्तबहादुर केसीसहित बुटवल १ का वडा सदस्य अशोक राई, पत्रकार मिना भट्टराई ढकाल, निर्मल कार्की, जयश्याम ठाकुर, बुद्ध श्रेष्ठ, नवराज पन्थी, यादव गिरी, रनिल श्रेष्ठ, केशव कुमार सिंह, सुदर्शन भट्टराई, मनोज शर्मा, धुना गिरी, दुर्गा नेपाल, यमकला कुँवर र राममिलन प्यासीलगाएत रहेको रेडक्रस सोसाईटी रुपन्देहीले जनाएको छ ।

सो अवसरमा १५ पटक भन्दा बढि रक्तदान गरि प्रसंसापत्रद्धारा सम्मानित हुनेहरुमा ईश्वरी प्रसाद बन्जाडे, गिरिजा शाही, किश्मत पाण्डे, रजत श्रेष्ठ, पुजन भण्डारी, समुन्द्र पौडेल, अशेष शिलवाल, प्रेमबहादुर रास्कोटी, फौजबहादुर महतरा, कपिलराज उदय, सुरज थापा मगर, खुमराज पौडेल, रोशन पौडल, डा. आतिस पंगेनी, कविता न्यौपाने र राकेश गुरुङ्ग रहेको कार्यक्रमका संयोजक राधा ज्ञवालीको भनाई छ् ।बिभुषित तथा सम्मानीत हुनेहरुलाई पदक तथा सम्मानपत्र प्रदानगर्दै सिद्धार्थनगर नगरपालीकाका प्रमुख ईस्तियाक अहमद खाँले मानिसले रक्तदान मार्फत मानिसकै जिवन बचाउनु निकै महत्वपुर्ण पुण्यकार्य भएको कुरामा जोड दिए । रेडक्रस रुपन्देहीका सभापति दिपक क्षेत्रीले भैरहवामा पहिलो पटक यसप्रकारको कार्यक्रम गरिएको भन्दै तराईबासी जनतामा अझै रक्तदान प्रति बिश्वास र आकर्षण बढाउन आवश्यक रहेको चर्चा गरेका छन् । सभापति न्यौपानेका अनुसार बुटवलमा दैनिक औसत ७० युनिट र भैरहवामा ३० युनिट गरि रुपन्देहीमा १ सय युनिट रगतको खपत रहेको छ ।

कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटीका पुर्व केन्द्रिय सदस्य महेन्द्रकुमार श्रेष्ठ, रेडक्रस रुपन्देहीका उपसभापति मित्रलाल न्यौपाने, मन्त्री रामचन्द्र उपाध्याय, रक्तदाताहरुको तर्फबाट अनुप थापा, पत्रकार मिना भट्टराई ढकाल, कार्यक्रम संयोजक राधा ज्ञवालीलगाएतले रक्तदानको आवश्यक्ता, महत्व र मानिसको जिवन बचाउने सवालमा यसको प्रभावबारे चर्चा गरेका थिए । आर्थिक बर्ष २०७९÷०८० मा हालसम्म रुपन्देही जिल्लामा ३५ हजारभन्दा बढि युनिट रगत खपत भैसकेको सभापति क्षेत्रीको भनाई छ ।नियमित रुपमा रगत तथा प्लाज्मा दान गरौं, जिवन बचाउने कार्यमा हातेमालो गरौं भन्ने मुल नारा सहित आज जुन १४ अर्थात बिश्व रक्तदाता दिवश बिश्वभर बिभिन्न कार्यक्रमको आयोजना गरि बिशेष रुपले मनाउने गरिन्छ । बिसं २०२० सालमा रक्तदान जिवनदान भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै नेपालमा स्थापना भएको रेडक्रस सोसाईटीद्धारा यसबर्ष पनि नियमित रक्तदाताहरुलाई सम्मान तथा पदक प्रदान गरेको हो ।