प्रेस युनियन काठमाडौंको अध्यक्षमा गौतम निर्वाचित

प्रकाशित मिति:

काठमाडौं, असार – नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतम निर्वाचित भएका छन् । गौतमले प्रतिस्पर्धी दिलीप प्रकाश कार्कीलाई १८६ मत अन्तरले पछाडि पार्दै निर्वाचित भएका हुन् ।गौतमले ३१५ मत प्राएका पाउँदा उनका प्रतिस्पर्धी दिलीपप्रकाश कार्कीले १२९ मत ल्याए। त्यस्तै सचिवमा सन्तोष अधिकारी विजयी भएका छन्। उनले २८५ मत ल्याए भने उनका प्रतिस्पर्धी केशव पाण्डेले १५१ मत मात्र ल्याए।

नेपाल प्रेस युनियन काठमाडौं शाखाको ९औं जिल्ला अधिवेशन सोमबार सम्पन्न अधिवेशनमा अन्य पद भने सर्वसम्मत चयन भए । अधिवेशनले ३४ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो।उपाध्यक्षमा रोमन आचार्य पुरूष, महिला उपाध्यक्षमा श्रद्धा कोइराला, सचिवमा सन्तोष अधिकारी, सहसचिवमा पुजा बगाले र कोषाध्यक्षमा प्रदिप कार्की निर्वाचित भएका छन् ।