ॐ आज शुक्रबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७५ पौष १३ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल पौष महिनाको १३ गते शुक्रबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत पौष कृष्णपक्षको षष्ठी तिथि विहान १०।३० बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाफाल्गुनी नक्षत्र दिवा ३।२८ बजेसम्म रहनेछ । आज सूर्योदय ६।५५ मा छ भने सूर्यास्त बेलुका ५।१५ बजे हुनेछ ।

चन्द्रमा आज सिंह राशिमा छन् । आज शुक्रबार भगवतीको उपासनासँगै पूर्व दिशाको यात्रा शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५