नेपाल एसोसिएसन-एनआरएनए युएई, अलऐन क्षेत्रीय समन्वय परिषदको आयोजना र संघिय लिम्बुवान सामाजिक मञ्च युएई क्षेत्रीय समिती अलऐनको सह आयोजनामा नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा सेप्टेम्बर १६ तारिखका दिन नेपाली दिदी बहिनिहरुलाई दर खुवाउनुका साथै तीज धमाका-२०२३ कार्यक्रम सभ्य र भब्य तरिकाले सम्पन्न गरेको छ ।नेपालीका लागि नेपाली” भन्ने मुल नाराका साथ स्थापना गरिएको नेपाल एसोसिएसन-एनआरएनए युएई, अलऐन क्षेत्रीय समन्वय परिषदले यसअघि पनि थुप्रै सामाजिक कार्यक्रमको आयोजना गरिसकेको छ ।
नेपाल एसोसिएसन-एनआरएनए युएई, अलऐन क्षेत्रीय समन्वय परिषदका अध्यक्ष उज्वल दाहालको सभापतित्व र नेपाल एसोसिएसन-एनआरएनए युएईका अध्यक्ष बिकास शाहीज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो, कार्यक्रममा एनआरएनए आईसिसि सदस्य दिपक खडकाज्यु, नेपाल एसोसिएसन-एनआरएनए युएईका माहासचीव भुवन कुमार वाग्लेज्यु, संघिय लिम्बुवान सामाजिक मञ्च युएईका कार्यबाहक अध्यक्ष राज थेबे “यामशेशे”ज्यु, नेपाल आदिबाशी जनजाती महासंघ,युएईका सचिव डिके किरातीज्यु, नेपाल एसोसिएसन-एनआरएनए युएईका उपाध्यक्ष त्रय प्रकाश थापाज्यु, भिम मल्ल ठकुरीज्यु, बिष्णुलाल श्रेस्ठज्यु नेपाल एसोसिएसन-एनआरएनए युएईका पुर्व काबा अध्यक्ष निरञ्जन सिलवालज्यु,नेपाल एसोसिएसन-एनआरएनए युएईका सचिव नवराज श्रेष्ठज्यु, नेपाल एसोसिएसन-एनआरएनए युएईका सदस्य सनिल पराजुलीज्यु,गिता हाडाज्यु, प्रकाश तुलाधारज्यु, किरात याक्थुंग चुम्लुंगका अध्यक्ष कमल लावतीज्यु, संघिय लिम्बुवान सामाजिक मञ्च युएईकि अर्थ सचिव भुमि इडिंगो लिम्बुज्यु,मितेरी समाज युएईका उप संरक्षक गंगा गिरिज्यु,मिस्टरएण्ड मिस इंडीजिनियस-२०२३ द्व्य दिनेश कुमार लिम्बुज्यु र निशा घिसिंगज्युको विशेष आतिथ्य रहेको थियो भने नेपाल जनसम्पर्क समिती अलऐनका सभापती सबिन पाण्डेज्यु,प्रवासी नेपाली मञ्च अलऐनका अध्यक्ष प्रेमराज सापकोटाज्यु,नेपाल मगर संघ,युएई क्षेत्रीय समिती,अलऐनका अध्यक्ष ठाकुर मगरज्यु,तामाङ समाज अलऐनकी अध्यक्ष नमुना घिसिंगज्यु,इनास अलऐनका अध्यक्ष लक्ष्मण बिसिज्यु लगायत विभिन्न संघ संस्थाका प्रमुख र प्रतनिधिहरुको आतिथ्य रहेको थियो
कार्यक्रममा कमल जंग कार्की,सिमा राई, निरुता गैरे,विनय खत्री, रेनुका मुखिया,मिस्टर इंडिजिनियस दिनेश कुमार लिम्बु,डीके किराती,मनिषा सुब्बा, प्रमिला तामांग,दिया लामा,सजन पुमा राई, सानु बन्तावा राई,ईशा थापा मगर,ठाकुर राई,शान्ती माया तामांग, दावा तामांग, सुर्य लामा,लक्ष्मी माया लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो । कार्यक्रममा दिदिबहिनिहरुलाई दरको समेत ब्यवस्था गरिएको थियो । कार्यक्रम सफल पार्न सयपत्री ट्राभल्स एन्ड टुरिज्म, ग्रीनलाइन ग्रुप अफ कम्पनीज, जिसिडि एचआर म्यानेजमेन्ट कन्सल्टेन्सी, ई सेवा मनी ट्रान्सफर,अल दाहाब एक्स्चेन्ज, मोमो हट, नेपाली सामान पाउने ठाउ बांग्लाबजार, ग्यालेक्सी ट्राभल्स एण्ड टुर्स, हिमाल प्लानेट ट्राभल्स एण्ड टुर्स,दर्शन खाजा घरको प्रायोजन रहेको थियो।













