आइभीएफ प्रविधिबाट बच्चा जन्माउने चिकित्सकहरुको छाता संगठन फेसोनले वैधानिकता पायो

प्रकाशित मिति:

निःसन्तानहरुलाई सन्तान दिलाउन आइभीएफ प्रविधिबाट  बच्चा जन्माउने चिकित्सकहरुको छाता संगठन फेसोनले वैधानिकता पाएको छ । यसअघि सरकारले औपचारिक रुपमा अनुमति नदिए पनि निःसन्तानहरुले आइभीएफ प्रविधिबाट सन्तान प्राप्त गर्ने कामलाई रोक लगाएको थिएन । नेपालमा बढ्दो निःसन्तानको समस्यालाई समाधान गर्न त्यस क्षेत्रका चिकित्सकहरु कानुनी प्रक्रिया पुरा गर्दै एक भएर आएका छन् । फेसोनसंग आवद्ध प्रसुति तथा स्त्रीरोग विशेषज्ञहरुले औपचारिक रुपमा संस्था दर्ता गराएका छन् ।

लामो संघर्षपछि उनीहरुको संस्थाले वैधानिकता पाएको हो । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा भोलाप्रसाद रिजालको अध्यक्षतामा फर्टिलिटी सोसाईटी अफ नेपाल नामक संस्था दर्ता भएको छ । संस्थाको वरिष्ठ उपाध्यक्षमा डा उमा पोखरेल, उपाध्यक्षमा डा ज्ञानेन्द्रमान सिंह कार्की, डा सानु मैया श्रेष्ठ, डा सबिना श्रेष्ठ, महासचिव डा स्वस्ती शर्मा, सह सचिव डा रश्मी श्रीश, कोषाध्यक्ष मिरा थापा, सदस्य डा उषा खाँड, डा प्रेरणा दाहाल र डा चेतना श्रेष्ठ रहेका छन् । संस्था दर्तासंगै निःसन्तान भएकाहरुलाई सन्तान दिलाउन उनीहरुलाई थप कानुनी बाटो खुलेको हो ।