बुटवल । बुटवल दीपनगरको त्रिभुवन युनाइटेड एकेडेमी (बोर्डिङ स्कूल) मा सांगीतिक कन्सर्टसहितको फुड फेस्टिबल हुने भएको छ । बुटवलमा कक्षा ११ र १२ मा व्यवस्थापन संकाय अन्तर्गत होटेल म्यानेजमेन्ट पढाईमा अग्रपंक्तिमा रहेको त्रिभुवन युनाइटेडका विद्यार्थीले यही फागुन ११ गते विद्यालय परिसरको सडकमा फुड फेस्टिबल आयोजना गर्न लागेका हुन् ।
होटेल म्यानेजमेन्टका ६ वटा सेक्सनका विद्यार्थीले प्रत्येक सेक्सनको एउटा स्टलका दरले ६ वटा स्टल रहने छन् । विद्यार्थीले एक दर्जन बढी थरिका खानेकुराका परिकार पकाउंदै अभिभावक,विद्यार्थी र शिक्षकलाई विक्रि गर्ने छन् । पहिलोपटक आयोजना गरिएको फुड फेस्टिबललाई भब्य बनाउन १० हजार टिकट विक्रि गर्ने लक्ष्य राखिएको र बुधबारसम्म ३ हजार टिकट विक्रि भइसकेको विद्यालयका होटेल म्यानेजमेन्ट संयोजक जनकराज भुसालले बताए ।
फुड फेस्टिबलमा बुटवलको चक्र ब्याण्डले सांगीतिक प्रस्तुतिमार्फत मनोरन्जन दिलाउने छ ।
विद्यार्थीले कक्षाकोठामा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सकून् भनेर फुड फेस्टिबल आयोजना गरिएको विद्यालयका भाइस प्रिन्सिपल रामचन्द्र बस्यालले जानकारी दिए । विद्यार्थीले ५ लाख रुपैयां बढीको परिकार विक्री गरी केही नाफा पनि कमाउन सक्ने र त्यसले उनीहरुलाई व्यवसायिक क्षमताको विकास गराउने बस्यालले बताए ।
विद्यालयमा होटेल म्यानेजमेन्टमा मात्र ३२० जना विद्यार्थी अध्ययनरत छन् । म्यानेजमेन्ट संकाय अन्तरगत विद्यालयमा कम्प्युटर साइन्स, फाइनान्स, टुरिज्म एण्ड माउन्टेरिङ र मेजर इङलिस विषयहरु पढाई हुने बुटवल दीपनगरको त्रिभुवन युनाइटेड एकेडेमी सबै वर्गका विद्यार्थीको रोजाई बन्दै गएको प्लस टु तह प्रमुख गुरुदत्त पौडेलले बताए । विद्यार्थीहरुको चाहना अनुसार संस्था अघि बढेकाले संस्थाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको उनले बताए ।










