शिक्षक संघ नवलपरासीद्रारा संघको स्थापनामा विविध कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

प्रकाश न्यौपाने
जेष्ठ ५ गते
नवलपरासी । पश्चिम नवलपरासीमा नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवसका अवसरमा बिबिध कार्यक्रम सम्पन्न गरेको छ । शनिबार संघले स्मारिका प्रकाशन, शिक्षक सम्मान, शिक्षक सहुलियत स्वास्थ्य सेवा सम्झौता र अन्तरकृया गरिएको संघ जिल्ला अध्यक्ष भोजराज चापागाईंले जानकारी दिनु भयो ।

संघले जिल्लामा पहिले पटक गुरु गौरव नामक स्मारिका प्रकाशन गरेको छ । जसमा शिक्षक संघ नवलपरासीको इतिहास, शैक्षिक ब्यक्तित्वहरुको लेख, रचना र संघले गरेका बिबिध कार्यक्रमहरु समाबेश गरिएको स्मारिकाका प्रधान सम्पादक एव संघका सहसचिव अर्जुन प्रसाद पाण्डेले जानकारी दिनु भयो । त्यस्तै जिल्लामा ८६ प्रा. बि.४ नि.मा.बि. २ मा.बि गरि ९२ जना शिक्षकहरु स्थायी नियुक्ति लिनु भएको शिक्षकहरु मध्य केहि शिक्षकहरुलाइ सम्मान गरिएको छ ।

रामनगर सामुदायिक अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष देवराज भण्डारी र शिक्षक संघ नवलपरासीका जिल्ला अध्यक्ष भोजराज चापागाईंले सयुक्त रुपमा शिक्षक सहुलियत स्वास्थ्य सेवा सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । पन्ध्र शैयाको रामनगर सामुदायिक अस्पतालले शिक्षकको उपचारका लागी बेड चार्जमा २० प्रतिशत छुट, प्रसुडिअलमा १५ प्रतिशत छुट, ओ.पि.डि. र चेक अफ १० प्रतिशत र मेडिसिनमा ५ प्रतिशत छुट दिने गरि सम्झौता गरिएको अस्पतालका अध्यक्ष देवराज भण्डारीले उल्लेख गर्ने भयो । ” शिक्षक संघका साथीहरुको काड र सिफारिसका आधारमा शिक्षकहरुलाई सहुलियत स्वास्थ्य सेवा प्रदान गरिने छ ।” भण्डारीले भन्नुभयो ।
नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवसका अवसरमा गुणस्तरीय शिक्षा सम्बन्धि अन्तरकृयामा बोल्दै नेपाल शिक्षक संघका केन्द्रिय महासचिव ज्ञानेन्द्र बहादुर रावलले शिक्षकले अब आफ्ना माग राख्ने भनेको नै स्थानीय तहहरुमा रहेको उल्लेख्य गर्दै उहाँ भन्नुहुन्छ -” पहिले जिल्लामा समन्वय गरे हुने थियो अहिले नेपालको सबिधान २०७२ को अनुसूची ८ ले शिक्षकलाई जिल्लाबाट गाउपालिका र नगरपालिकामा पुर्‍याएको छ ।” शिक्षक साथीहरुलाई नेपाली काङ्ग्रेसले गरेको एउटा निर्णयले शिक्षकहरुले आन्दोलन नै गर्नु पर्ने बाध्यात्मक परिस्थितिको सृजना भएको उल्लेख्य गर्दै उहाले शिक्षकहरुको आन्दोलनका कारण शिक्षा बिधेक ससदमा पेस भएको बताउनु भयो । ” शिक्षक सन्तुष्ट नभई शिक्षामा सुधार हुदैन । जतिसुकै राम्रो निति ल्याएपनि कार्यान्वयन गर्ने हामी शिक्षक हौं । निति कार्यान्वयन गर्ने पक्ष सन्तुष्ट नभएसम्म कार्यान्वयन राम्रो हुदैन ।” रावलले भन्नुभयो ।

नेपाल शिक्षक संघका निवर्तमान केन्द्रिय सदस्य नेत्रलाल न्यौपानेले शिक्षा ऎन अहिले सम्म नआउनु शिक्षक र देशका लागी दुर्भाग्य रहेको बताउनु भयो । “जब सम्म शिक्षा ऎन आएर लागू हुदैन तब सम्म शिक्षकका समस्याहरु जस्ताको तस्तै हुन्छ । ” न्यौपानेने भन्नुभयो । सघिय शिक्षा ऎन आएर कार्यान्वयन नहुदासम्म शिक्षकहरुको माग ठोस रुपमा सम्बोधन नहुने न्यौपानेको भनाइ छ ।

लुम्बिनी प्रदेशकी उपाध्यक्ष सीता शर्माले शिक्षकले राजनीति गर्न नहुने बताउनु भयो । त्यस्तै शिक्षक महासंघका जिल्ला अध्यक्ष अरबिन्द्र कुमार पाठकले शिक्षकहरु दोहोरो मारमा परेको बताउनु भयो । अहिले लिखित राजिनाम स्वकृती गराएर राख्दा राम्रो हुने उल्लेख्य गर्नु भयो । ” मैले शिक्षक महासंघको केन्द्र बुझे कोहि कसैको नाम माथी उजुरी परे भने पार्टीले कुनै सहयोग गर्दैन भन्ने कुरा बुझे ।” पाठकले भन्नुभयो । अन्तरकृया कार्यक्रममा जिल्लाका सातै वटा पालिका स्तरिय शिक्षक संघका अध्यक्षहरु, विभिन्न विद्यालयका प्राध्यानाध्यापक र शिक्षकहरुले स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारसङ्ग सम्बन्धि विभिन्न जिज्ञासा राख्नु भएको थियो ।

संघका जिल्ला अध्यक्ष चापागाईले अब नेपाल शिक्षक सङले शैक्षिक गुणस्तर सुधार को नेतृत्व गर्नु पर्ने बताउनु भयो ।” गुणस्तर सुधारका लागी प्रबिधी मैत्रीपुर्ण शिक्षा, लागि एक शिक्षक एक ल्यापटप , बिधालय नर्स , विद्यार्थी मानसिक स्वास्थ, अभिभावक शिक्षा जस्ता कार्यक्रम स्थानिय पालिकाहरुले संचालक गर्नु पर्छ । त्यसका लागी सहकार्य गर्ने शिक्षक संघ तयार छ ।” चापागाईंले भन्नू भयो ।

कार्यक्रममा उपाध्यक्ष शिबा रेग्मीको स्वागत रहेको कार्यक्रमको अध्यक्षता संघका जिल्ला अध्यक्ष भोजराज चापागाईं र कार्यक्रमको सञ्चालन सहसचिव अर्जुन प्रसाद पाण्डेले गर्नु भएको थियो ।

 

थप समाचार