राममणि बहुमुखी क्याम्पस मा “भाषिक अनुसन्धान तथा व्यवहारिक लेखन” प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको वी.एड. चौथो वर्षका विद्यार्थीका लागि आज (बुधबार) “भाषिक अनुसन्धान तथा व्यवहारिक लेखन” प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली विषयतर्फका विद्यार्थी सहभागी प्रशिक्षणमा त्रिभुवन विश्वविद्यालयका उप –प्राध्यापक शालिकराम पौड्यालले प्रशिक्षण दिनुभएको थियो ।सो अवसरमा क्याम्पस प्रमुख मोहनराज शर्माले विद्यार्थीको दिगो तथा बहुआयामिक विकाशका लागि क्याम्पसले विविध कार्यक्रम आयोजना गरिरहेको बताउनुभयो ।

क्याम्पसको नेपाली विषयका प्रमुख माया घिमिरेको अध्यक्षता एवम् नेपाली विषयका सह–प्राध्यापक गोपाल पन्थीको सञ्चालनमा भएको कार्यक्रममा शिक्षा तथा मानविकी संकायका संकाय प्रमुख नारायणप्रसाद भुसाल, प्रशिक्षार्थी विष्णुकुमारी पौडेल लगायतले बोल्नुभएको थियो ।