ॐ आज शुक्रबार, शुभाशुभ कस्तो रहनेछ ? हेर्नुहोस् आजको दिन २०७५ पौष २० गते !

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल पौष महिनाको २० गते शुक्रबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत पौष कृष्णपक्षको चतुर्दशी तिथि विहानका राति ४।५२ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । ज्येष्ठा नक्षत्र दिवा १।४६ बजेसम्म रहनेछ । आज सूर्योदय ६।५७ मा छ भने सूर्यास्त बेलुका ५।२० बजे हुनेछ ।
चन्द्रमा आज बृश्चिक राशिमा छन् । आज शुक्रबार भगवतीको उपासनासँगै सेता वस्तुको प्रयोग शुभ रहनेछ । आज कृष्ण पक्षको चतुर्दशी रहेकाले विशेष कार्यरम्भ भने नगर्नु नै शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५