बुटवलमा स्नातक तहका विद्यार्थीहरूका लागि ‘कमाउँदै पढ्दै, कसरी कमाउने’ र सिप विकास सम्बन्धी १ दिने कार्यशाला गोष्ठि

प्रकाशित मिति:

बुटवल। बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलरााज पाण्डयले सीपसहितको स्वराेजगारमुलक शिक्षा अहिलेकाे आवश्यकता भएको बताएका छन् । आइतबार बुटवल उपमहानगरपालिकाद्वारा स्नातक अध्ययनरत राेजगारीकाे खाेजीमा रहेका विद्यार्थीहरूका लागि आयोजित राेजगार सम्बन्धी तालिमकाे उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले सीपसहितको स्वराेजगारमुलक शिक्षा अहिलेकाे आवश्यकता भएको बताएका हुन् । आफुले सिकेको सीप अनुसारको राेजगारी खाेज्ने भन्दा पनि कुन कार्यालयलाई कस्ता कर्मचारी आवश्यक छ भन्ने बुझेर साेही अनुसारको सीपमूलक तालिम लिन जरुरी रहेको उनको भनाइ थियो ।

सीप र राेजगारीसँग जाेड्ने तथा सामाज र ब्यवहारीकतालाई सँगसँगै अगाडि बढाउने खालको शिक्षा नीति आवश्यक रहेको भन्दै नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले पढ्दै कमाउदै भन्ने अवधारणा अनुरूप बिभिन्न सीपमूलक तथा स्वराेजगारमूलक तालिम प्रदान गर्दै आएको जानकारी गराए ।सीप र संस्कारसहितकाे स्वराेजगारमुलक शिक्षा बुटवलकाे मुल मन्त्र भएको भन्दै उनलेे साेही अनुरूप बुटवल उपमहानगरपालिकाले विद्यार्थीहरूलाई देशका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न थालेको बताए ।अहिलेकाे समाजमा परम्परागत र यथास्थितिवाद हावी रहेको भन्दै उनलेे युवा विद्यार्थीहरूले त्यसलाई ताेड्नुपर्नेमा जाेड दिए ।

सीप र कामकाे सम्मान गर्ने परिपाटीको विकास गर्न जरुरी रहेको बताउदै नगर प्रमुख पाण्डेले आफैंले कमाउदै पढ्ने विद्यार्थीहरूलाई बुटवल उपमहानगरपालिकाले सम्मान गर्ने बताए ।कार्यक्रममा उपप्रमुख सावित्रा देवी अर्याालले युवाहरूलाई स्वदेशमै केही गरेर आत्मनिर्भर बनाउने उदेश्यले उपमहानगरपालिकाले बिभिन्न किसिमका सीपमूलक तालिम दिदै आएको बताउदै आफुले सिकेको सीप सदुपयोग गरी आत्मनिर्भर बन्न प्रशिक्षार्थीहरूलाई आग्रह गरिन् । बुटवलमा सञ्चालित ८ क्याम्पसका ११० जना विद्यार्थीहरूकाे सहभागीता रहेको तालिममा बरिस्ठ प्रशिक्षक अजय रेग्मीले प्रशिक्षण दिएकाे बुटवल उपमहानगरपालिकाका राेजगार शाखा प्रमुख अरबिन्द पाण्डेले जानकारी दिए ।